arrow

संसारको दुखी विरालो जसले मालिकलार्इ बनायो दुनियाँमा चर्चित

logo
प्रकाशित २०७४ माघ २१ आइतबार
biralo.JPG

एजेन्सी। कति उदास मानिरहेको छ यो विरालो ! यो विरालोलाई ईन्टर्नेट युजरले संसारको सबैभन्दा दुखी विरालोको पगरी गुथाईदिए । लुहु नामको यो विरालो चाहे जे सुकै गरोस्, तर उसको चेहराको भाव कहिलै बदलिनेछैन । उसको आँखामा सधैंभरी उदास भाव छल्किरहेको देखिन्छ । लुहु बेइजिङमा आफ्नो मालिक मैगी लियूको साथ रहने गरेको छ । उसको साथमा उसका २ भाइ अरु पनि छन् । 

मैगीले यी ३ विरालाहरुको फोटो सेयर गर्नको लागि एक इन्स्टाग्राम पेज बनाइन् । जसमाथि अहिलेसम्म ४० हजार फलोअर बनिसकेको छ । लुहुको दुर्इभाइ जहिलै पनि खुशी देखिन्छन् । तर, लुहुको चेहेराको भाव कहिलै बदलिँदैन । 

लुहु खेल्छ, खान्छ भुक्न पनि परेको बेला भुक्छ, तर उसको आँखाको उदासीपन कहिलै दूर हुँदैन । यही कारणले उसको अनुहारले उ दुनियाको सबैभन्दा दुखि विरालोको रुपमा मान्न थालियो । उसको उदास आँखाका कारण नै उनी इन्टरनेट युजर्सको बीचमा फेमस बनिरहेको छ । केही मानिसहरु उसको ुउदासीु व्यवहारको मजा लिने गर्दछन् र एकछिन घोत्लिने गर्छन् यो किन सधै‌ उदास हुन्छ ?



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ