- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । बुधबार हुने राष्ट्रियसभा निर्वाचनका लागि नेपाली काँग्रेसले केन्द्रीय प्रतिनिधि र प्रशिक्षक खटाएको छ ।
मतदातालाई प्रभावकारी ढंगले मत राख्न सिकाउनका लागि प्रशिक्षक र समग्र प्रदेशमा व्यवस्था मिलाउनका लागि केन्द्रीय प्रतिनिधि पार्टीले खटाएको हो ।
पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले सातै प्रदेशमा प्रशिक्षक र प्रतिनिधि खटाएको बताए ।
को कहाँ खटिए ?
प्रदेश प्रशिक्षक केन्द्रीय प्रतिनिधि
१ डीला संग्रौला डा मिनेन्द्र रिजाल
२ नगिना यादव विमलेन्द्र निधि
३ डीना उपाध्याय डीना उपाध्याय
४ जीवन परियार गोपालमान श्रेष्ठ
५ अतर कमाल बालकृष्ण खाँण
६ जीवनबहादुर शाही हृदयराम थानी
७ एनपी साउद एनपी साउद
उपाध्याय र साउदले दाहोरो जिम्मेवारी सम्हाल्नेछन् ।