arrow

तिमीलाई एउटा पत्र !

logo
कृष्ण न्यौपाने,
प्रकाशित २०७४ माघ २२ सोमबार
krishna.JPG

लेख्न त खासै आउँदैन । मेलै लेखेका हरेक शब्दहरु फिक्का हुन्छन तिम्रा लागि । मेरा अवचेतन मनमा खेलेका हरेक कुरा बुझ्न सक्ने क्षमता छ तिमीसँग । तर म त तिम्रो अगाडि एउटा सामान्य मान्छे,  के बुझ्न सक्छु र तिमीलाई ?  तर, पनि एक दिनमा मनभित्र उब्जने ६५ जार भन्दा बढी सोचाईलाई केहि घटाउँदै तिमीलाईनै मन मस्तिष्कमा राख्ने प्रयास गर्दैछु । तर प्रयास त प्रयासनै हो, कति सफल हुन्छु कति असफल तिमीलाईनै थाहा होला ।

तिमीलाई बुझ्नको लागि एउटा भर्याङ बनाएको छु, अनि त्यहि भर्याङको सहायतामा तिमीसम्म पुग्न चाहान्छु । म त एउटा साधारण मान्छे, न त प्रकृतिलाई बुझ्न सक्छु न त प्रकृतिको रहस्यलाई बुझ्नै सक्छु । आजसम्म एकदमै कमैले बुझ्न सकेका छन् । तर, पनि तिमीलाई बुझ्नको लागि धेरै प्रयास गदैछु ।
पहिलेपहिले सोच्ने गर्थे म एउटा मात्र शरिर बोकेर हिडिरहेको छु । तिमीले मलाई धेरै कुरा सिकायौ ।

मनलाई शान्त हुन सिकायौ । शान्त मनलाई परमसत्तासँग कसरी एकाकार गर्ने त्यो पनि सिकायौँ । तर म त एउटा धेरै साधारण मान्छे तिमीले भनेका हरेक कुरालाई कसरी पालना गर्न सक्छु र ? तर जीवनमा आवश्यक पर्ने ३ कुरालाई चाँही पालन गरेको छु । नशामुक्त, मांसाहार मुक्त र चरित्रवान जिवन जिउने कलालाई आत्मसाथ गरेको छु । तर पनि केहि अपुग जस्तो लाग्छ जिन्दगीमा । त्यहि अपुगलाई कसरी पुरा गर्ने बारेमा सोच्दासोच्दै कहिलेकाँहि न निदाएको पत्तै हुन्न ।  

तिमीले भनेका एउटा कुराले मलाई धेरै भावुक बनाउँछ । संसारको पतनको मुख्य कारण नशाधारी समाज, मांसाहारी समाज र चरित्रहिन समाज । समाजका मानिसहरुले यहि चिजहरुलाई आत्मसाथ नगर्दा आज समाजले ताण्डव देखाइरहे जस्तो लाग्छ । हरेकजसो घरमा चिन्ता, तनाव, रिस, डाह, विद्रोह, यस्तैयस्तै धेरै कुराहरुले प्रभुत्व जमाउँदै गएको छ । हरेकजसो धर्मका ठेकेदारहरु मानवलाई मानव कसरी बन्ने भन्ने पाठ सिकाउँदैनन् । बस उनीहरुलाई पैसाको मतलव छ । मानिसभित्र रहेका दिब्य शक्तिलाई कसरी जगाउने, कसरी आफूले आफूलाई बुझ्ने, भन्ने कुरा कसैले कसैलाई सिकाउँदैन ।

बस यहाँ कसरी रमाईलो गर्र्ने ? भौतिक संसारमा के–के गर्दा रमाइलो हुन्छ यस्तै–यस्तै कुराले समाजमा जरा गाडिरहेको छ । त्यहि रमाईलो गर्ने अनि रमाईलो गर्न सिकाउने तत्वहरुले विश्वलाईनै मानसिक रोगीहरुको बस्ती बनाइरहेको छ, भन्ने भान सायद कमैलाई थाहा होला । समाजलाई पतनबाट जोगाउन एउटा महामानवको जन्म हुनु आवश्यक छ ,जसरी संसारको पतनलाई बचाउन यस अघिपनि केहि महामानव यस धरातलमा  अवतरित भएका थिए ।

यस्तो युग पुरुषको आवश्यकता छ, अबको समयमा । किनकी समाज यसैगरी पतन हुने हो भने, अथवा यसलाई नियन्त्रण गर्न सकिएन भने संसारै नरहने खतरा बढेका बताउँछन् जानकारहरु । विज्ञानले हामीलाई केहि समय सुख प्रदान गर्न सक्छ तर, तृप्ति वा आनन्द प्रदान गर्न सक्दैन । औषधी दिन सक्छ तर जीवन दिन सक्दैन । आलिसान महल दिन सक्छ तर मिठो निन्द्रा दिन सक्दैन । आफ्नो आन्तरिक शक्तिको जागृत गरेर एउटा मानिस देवत्वको मार्ग प्रसस्त गर्न सक्छ । ऋषि परम्परा पोषक महर्षी वसिष्ट एवं विस्वामित्र जस्ता ऋषि जो संग नयाँ सृष्टि गर्ने क्षमता थियो । असंख्य दिव्य लोकसंग सम्बन्ध स्थापित गर्न सक्ने क्षमता थियो । यस्तै क्षमता भएको यक्तिको खाँचो छ आजको समाजमा जसले समाजको पतनलाई रोक्न सकोस् ।   

तिमीलाई बुझ्नको लागि आफूभित्रका कोषीकाहरुलाई बुझने प्रयास गरिरहेको छु । अन्नमय कोष, प्राणमय कोष, मनोमय कोष, विज्ञानमय कोष, र आनन्दमय कोषलाई जगाउँदै आफैभित्र खोजी गर्ने प्रयास गदैछु । अनि वरपर भेटिएकालाई यो पनि भन्ने गर्छु । आफूभित्र लुकेको शक्तिनै सवैभन्दा ठूलो शक्ति हो । यसलाई कसैले परास्त गर्न सक्दैन । यसको लागि नशामुक्त, मांसाहारमुक्त र चरित्रवान बन्दै परमसत्ता प्रकृतिसंग एकाकार गर्न सक्नु आवश्यक छ । भनिन्छ, हाम्रो शरिर भित्र जे छ बाहिर पनि त्यहि छ । बस हाम्रो हेर्ने आँखा र महसुस गर्ने मनको अभाव छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ