arrow

प्रदेश १ को पहिलो वैठक, ४ मिनेटमै सके सांसदले मन्तव्य

सभामुख चयनका लागि २९ गते निर्वाचन

logo
कुमोद अधिकारी,
प्रकाशित २०७४ माघ २२ सोमबार
pradesh1.jpg

विराटनगर । प्रदेश १ को पहिलो प्रदेशसभाको बैठक विराटनगरस्थित मोरङ जिल्ला समन्वय समितिको सभाहलमा सम्पन्न भएको छ । दिउँसो १ बजे बोलाइएको बैठकको जेष्ठ सदस्य ओम सराबगीले सञ्चालन गरेका थिए।

बैठकको सुरुमा प्रदेश प्रमुख डा. गोविन्द तुम्बाहाङले प्रदेशसभा बैठक आहृवान गरेको पत्र पढेपछि सांसदहरुले आफ्नो धारणा राखेका थिए । पहिलो अधिवेशनमा दलका तर्फवाट एक एक जना सांसदले वैठकलाई सम्वोधन गरेका थिए ।

कुल ६ दलका एक एक जना र स्वतन्त्र एक गरी कुल ७ जनाले पहिलो वैठकलाई सम्वोधन गरेका थिए ।

बैठकलार्ई एमालेका सांसद भिम आर्चाय, कांग्रेस सांसद कृष्ण श्रेष्ठ, माओवादी केन्द्रका इन्द्रबहादुर आम्बोहाङ,संघीय लिम्बुवान राष्ट्रिय मञ्चकी सांसद विष्णु तुम्बाहाम्फे, संघिय समाजवादी फोरमका जयराम यादव,राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद इन्दिरा राई र स्वतन्त्र सांसद नारायणबहादुर मगरले सम्वोधन गरेका थिए ।

प्रदेशको जलस्रोत, पर्यटन, कृषि, उद्योग धन्दालगायत प्राकृतिक र सांस्कृतिक सम्पदाको समुचित उपयोग गरी नमूना प्रदेशको रुपमा बिकास गर्ने प्रतिवद्धता सांसदहरुले व्यक्त गरे।

अधिवेशनमा दलका तर्फवाट ७ जना सांसदलाई ५ मिनेटको समय निर्धारण गरिएको थियो,तर प्राय जसो सांसदले आफना कुरा छौट्याएर ४ मिनेट भित्रमा राखेका थिए ।

प्रदेशसभाको कार्य सञ्चालनका लागि नियमावली नबनेसम्मका लागि तयार पारिएको अन्तरिम कार्यविधि २०७४ लाई बैठकले पारित गर्‍यो । 

सभामुखको अनुपस्थितिमा प्रदेशसभा बैठक सञ्चालन गर्न गणेश तामाङ, प्रतापप्रकाश हाङगाम, राम कुमार राई, राधा थापा र विष्णु तुम्बाहाम्फेलाई तोक्ने काम भयो । 

सभामुख चयनका लागि २९ गते निर्वाचन

प्रदेशसभाको पहिलो बैठकले सभामुख निर्वाचनको मिति समेत तय गरेको छ । प्रदेश १ प्रदेशसभाको सभामुख चयनका लागि २९ गते निर्वाचन हुने भएको छ । त्यस्तै प्रदेस उपसभामुखको निर्वाचन फागुन ३ गते हुने भएको छ । यसवारेमा दुइ दिन अघि वसेको सर्वदलिय वैठकले निर्णय समेत गरेको थियो । प्रदेससभाको अर्को वैठक माघ २९ गते वस्ने भएको छ ।

पूर्वका १४ जिल्ला रहेको प्रदेश १ मा प्रत्यक्ष र समानुपातिकबाट गरी ९३ जना सांसद रहेका छन् । प्रदेश–१ को प्रदेशसभाको पहिलो बैठकमा प्रदेससभा सदस्यहरुले प्रदेशलाई आर्थिक समृद्धिमार्फत ‘नमूना’ बनाउने बताएका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ