arrow

मोबाइलमा धेरै खर्चिने कुलमान भन्छन्- फोनमा बढी खर्च गर्‍याे भनेर गलत सन्देश नजाओस् (अन्तर्वार्ता)

logo
प्रकाशित २०७४ माघ २३ मंगलबार
kulman_office.jpg

मुलुकमा लोड शेडिङ हटाएपछि जनताबाट सम्मान पाएका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, टेलिकपमको पोष्ट पेड सेवा सबैभन्दा बढी खर्च गर्ने ग्राहकको पहिलो नम्बरमा परेका छन् । २०७३ साउनदेखि २०७४ असारसम्म घिसिङले टेलिकमलाई १ लाख ९७ हजार रुपैयाँ बुझाएका छन् । नेपाल टेलिकमले सबैभन्दा बढी पैसा तिरेको भन्दै धिसिङलाई सम्मान पनि गरेको छ । फोन प्रयोगबारे घिसिङसँगको कुराकानी

० व्यक्तितगत रुपमा नेपाल टेलिकमलाई मुलुकमै सबभन्दा बढी रकम तिर्नु हुँदो रहेछ । रकम आफैंले तिर्ने हो कि प्राधिणरणले ? 
-विद्युत प्राधिकरणले तिर्ने हो । 

० यति धेरै रकम के कुरा गरेर खर्च गर्नुहुन्छ ? 
-नेपालमा पोष्ट पेड आए देखि नै मेरो एउटै नम्बर छ । मलाइ लाग्छ हरेक नेपालीसँग मेरो नम्बर छ । त्यसैले गर्दा पनि म फोन रिसिभ गर्छु  र कल व्याक पनि गर्छु । पी आर पनि हो यो मोबाइल भनेको । बढी संस्थागत हुन्छ । मेरो सबै जसो अफिसियल कुरा हुन्छ । संस्थाले रोमिङको लागि पनि दिएको हुनाले बढी खर्च हुन्छ । भारत चीन र अरु पार्टीहरुसँग पनि कल भइरहन्छ । त्यही भएर पनि होला बढी आएको छ । 

० बढीमा कति लामो कुरा हुन्छ ? 
-धेरै फोन आइ रहेको हुन्छ । त्यसैले बढी लामो कुरा गर्ने त समय नै हुँदैन । पत्रकारहरुले फोनमै अन्तरवार्ता लिए भने चाहिँ अलि बढी हुने हो । 

० बढी जासो मोबाइल र डेटा कुन समयमा बढी प्रयोग गर्नुहुन्छ ? 
धेरै जसो अफिस टाइममै हो । अफिस टाइममा त धेरै बजी नै भइहाल्छ । बिहानदेखि बेलुकी राती पनि काम परिरहन्छ, त्यो बेला पनि यूज हुन्छ। जनरलल्ली मैले कल चाहिँ अफिस टाइम भन्दा बाहिरको समयमा हो । अफिस टाइममा चाहिँ मैले भन्दा पनि बाहिरबाट बढी कल आउँछन् । कामको आवश्वकता अनुसार गर्ने हो, मैले मेरो पर्सनल यूजमा धेरै प्रयोग गर्दिन । 

० पर्सलन यूजमा सबभन्दा बढी को सँग कुरा हुन्छ ? 
मैले पर्सन यूजमा धेरै गर्दै गर्दिन । पर्सनल काम गर्ने फुर्सद पनि हुँदैन । 

० घर परिवारका कुनै सदस्यसँग बढी कुरा ? 
-घर परिवारसँग त मेरो फोनमै कुरै हुँदैन भने पनि हुन्छ । (हाँसो) फुर्सदै हुदैन भने पनि हुन्छ । आफन्त सँग कहिले काहिँ हुन्छ । मोष्टली अफिसियल काममै हुन्छ । 

० त्यसो भए त परिवारका मान्छे रिसाउँछन् होला फोनमा कुरा पनि नगर्ने भनेर ?
-(हाँसो) त्यो त अब अर्जेन्ट कुरा हरु त गर्र्नै पर्यो होइन ? तर बुुझेका हुन्छ । मेरा आफन्तले धेरै कल पनि गर्दैनन् । बीजी हुन्छ भनेर बुुझेका पनि छन् । 

० प्राधिकरणमा नआउँदा पनि यत्ति धेरै बिल उठ्थ्यो ? 
-उठ्थेन काँ बाट उठ्नु । पर्सनल्ली तिरेर पनि साध्य छैन यति धेरै रकम त । यो अफिसियल यूज हो । अफिसले नै तिर्ने हो । मैले तिरेर साध्यै हुँदैन । धेरै जसो रोमिङमा जान्छ । नेपाल भित्रको कलले त धेरै जाँदैन होला । सबैतिरबाट फोन आउँछ । इग्नोर गर्न पनि मिल्दैन । त्यसैले धेरै खर्च भएको हो । तर त्यति खर्च गरे पनि, त्यसको आउटपुट धेरै आउँछ नि । 

० गतल सन्देश जाला जस्तो लाग्छ कि लाग्दैन ?
हो, यो गलत हिसाबले इन्टरप्रेटेशन पनि हुन सक्छ । वास्तवमा यस्तो कुरा डिस्क्लोज गर्न मिल्ने नमिल्ने चाहिँ एनटीसीले बुुझ्नु पर्ने कुरा हो । प्राधिकरणे एमडीले सबभन्दा बढी खर्च गर्छ फोनमा भन्दा । त्यसैले यो कन्फिडेन्सियल कुरा पनि छ होलान्त हैन ? व्यक्तिगत कामकै लागि बढी प्रयोग ग¥यो भन्ने कुरा पनि उठ्ला । कतिसम्म डिस्क्लोज गर्न मिल्ने भन्ने विषय उहाँहरुको कुरा हो । 

० नाम दिएको कुरा यहाँलाई मन परेको छैन हो ? 
-यसलाई दुुबै किसिमले हेरौं । प्राधिकरणको एमडीले धैरै काम गरेको रहेछ भन्ने अर्थमा हेर्नुभयो भने त्यो राम्रै कुरा भयो । हैन एमडीले मिस यूज गरेछ भनेर हेरियो भने नराम्रो भयो । तर मीस यूज गरेको हैन, यूज नै गरेको हो, त्यसको आउटपूट चाहिँ धेरै ठूलो आको छ । अफिसकै कामको लागि भोइस, डेटा सबै चलाइरहेको हुन्छु म । 

० अरु कम्पनीको मोबाइल पनि प्रयोग गर्नु हुन्छ ? 
अम् गर्छु । कहिले काहीं अप्ठ्यारो हुन्छ । तर मोष्टली यूज हुने चाहिँ यही हो । 

० एनटीसीको सेवा चाहिँ कस्तो लाग्छ ? 
कहिले काहीँ समस्या त आउँछ । तर त्यो समस्या भनेको नेपालको सिष्टम एकदमै रिलाएबल एकदमै हन्ड्रेड रिलाएबल भन्न त कहाँ सकिन्छ र । अरुमा पनि डिष्टर्ब छ । एनटीसीको सेवा राम्रै छ । मैले त्यही यूज गरिरा हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ