arrow

प्रदेश १ मा एमाले भित्रै मुख्यमन्त्री बन्नेको हानथाप

logo
प्रकाशित २०७४ माघ २३ मंगलबार
pradesh-1.png

विराटनगर । नेकपा एमालेको प्रदेश नं १ को संसदीय दलको नेता चयनका लागि सहमति हुन नसकेपछि माघ २६ गते निर्वाचन हुने भएको छ ।

सो पार्टीबाट प्रदेश सांसदका रुपमा भोजपुरबाट निर्वाचित शेरधन राई, सुनसरीबाट निर्वाचित भीम आचार्य र मोरङबाट निर्वाचित जीवन घिमिरेले संसदीय दलको नेताका लागि दाबी गरेपछि निर्वाचन हुन लागेको हो । सो पार्टीको विधानअनुसार संसदीय दलका नेता नै मुख्यमन्त्री हुने प्रावधान छ ।

प्रदेश नं १ मा ९३ सांसदमध्ये ५१ जना एमालेबाट निर्वाचित भएका छन् । सो प्रदेशमा १४ जिल्ला पर्छ ।

यसैबीच प्रदेश नं १को संसदीय दलको नेता चयनका लागि सो पार्टीको इटहरीस्थित प्रदेश समिति सचिवालयले तीन सदस्यीय समिति गठन गरेको छ । सो समितिमा चूडामणि आचार्य, टीकाराम पुरी र प्रेम पोखरेल रहेका छन् । रासस

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ