arrow

काँग्रेसको नगर अधिवेशनमा युवा आकांक्षी धेरै, के होला पाकाको भूमीका ?

logo
प्रकाशित २०७२ माघ १६ शनिबार
13th-congress.png.png.png.png
काठमाडौं । नेपाली कांग्रेसको आसन्न १३ औं महाधिवेशनका लागि अधिकांश नगरस्तरीय अधिवेशन आज (शनिवार) हुन लागेको छ । 
 
नगर वडा स्तरको अधिवेशनका कारण हिजो नगरस्तरको अधिवेशन हुन नसकेकाले आज हुन लागेको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । साथै केही नगर वडा र केही गाँउ अधिवेशन पनि सहमतिको प्रयासका कारण हिजो हुन नसकेकाले आज गर्न लागिएको छ । 
 
हिजो शुक्रवार निकै काम मात्रै नगरहरुको नगरस्तरीय निर्वाचन भएको छ । अधिकांश गाँउ तथा नगरवडा अधिवेशनबाट युवाहरु नै धेरै छानिएका छन् भने आज हुने नगरस्तरको अधिवेशनका लागि पनि अधिकांश ठाउमा धेरै युवाहरुले उमेदवारी दिएका छन् । 
 
विगतका अधिवेशनको तुलनामा यसपालि युवाको सहभागिता ज्यादै बढी देखिएको छ । विद्यार्थी नेता, तरुण युवा, महिला संघलगायतका भातृ संगठनमा क्रियाशीलहरुले पार्टीको प्रारम्भिक तहको निर्वाचनमा सहभागिता जनाएका हुन् । 
 
भातृ संगठनको लामो समयदेखि अधिवेशन नहुँदा राजनीतिक भविष्य नै अन्यौलमा परेकाले युवा नेताहरु पार्टीकै अधिवेशनमा होमिएका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ