arrow

पाल्पाको रामपुरबाट को को छानिए ?

logo
विश्व भट्टराई ।
प्रकाशित २०७२ माघ १६ शनिबार
Rpampur-congress.jpg.jpeg
काठमाडौं । पाल्पाको रामपुर नगरपालिकामा आज शनिवार नगर अधिवेशन र वडा नं. ७ को वडा अधिवेशन हुने भएको छ । 
 
शुक्रवार हिजो रामपुर नगरपालिकाका भित्रका १५ वटा वडाहरु मध्ये वडा नं ७ मा स्थगित भएको थियो भने नगरअधिवेशन आजैका लागि तय गरिएको थियो । नगरका वडाहरु मध्ये नं. ८ मा मतदान प्रक्रियाबाट नेतृत्व चयन भएको छ भने वडा नं. १, २, ३, ४, ५, ६, ९, १०, ११, १२, १३, १४ र १५ मा सर्वसहमतिमा वडा कार्य समिति चयन भएको छ । 
 
वडा नं. १ मा खिम बहादुर मल्ल, वडा नं. २ मा भेषराज पोखरेल, वडा नं. ३ मा तारा बहादुुर थापा, वडा ४ मा डोलकुमारि दर्जी , वडा न ५मा बिष्णु प्रसाद रेग्मी, वडा न ६ मा बसन्तराम ठाडा, वडा नं. ८ मा अर्जुन प्रसाद रेग्मी, वडा न ९ मा कृष्ण प्रसाद अर्याल, बडा न १० मा दोबराज तिवारी, वडा नं. ११ मा खगेन्द्र न्यौपाने, वडा न १२ मा बिष्णु साठिघरे, १३ मा बम बहादुर नाम्जाली, वडा नं. १४ मा सिताराम सेढाईको सभापतित्वमा वडा कार्य समिति गठन भएको छ ।
 
त्यसैगरी रामपुर नगरपालिका वडा नं. १५ को काँग्रेस गाँउ अधिवेशनबाट वडा सभापतिमा धु्रव खनाल, सचिवमा दया भण्डारी, कोषाध्यक्षमा जगन्नथ तिमिल्सीना र क्षेत्रीय प्रतिनिधिहरुमा कृष्णप्रसाद अधिकारी, गोपाल जोशी, शुक्र भण्डारी र धनकुमारी चापागाई निर्वाचित हुनु भएको छ । 
 
वडा नं ८ बाट क्षेत्रीय प्रतिनिधिमा विजयराज घिमिरे, कल्प पौडेल र कृष्ण खड्का विजयी हुनु भएको छ । त्यसैगरी वडा नंं ९ बाट वडा सचिवमा गोबिन्द देबकोटा र क्षेत्रीय प्रतिनिधि देबराज ढकाल, रमण थापा, हुमनाथ न्यौपाने, बिष्णु ढकाल र शारदा आचार्य निर्वाचित हुनु भएको छ ।
 
वडास्तरको अधिवेशन हिजो शुक्रवार भएपनि नगरस्तरको अधिवेशन भने आज हुने भएको छ । नगर सभापतिका लागि नेत्र भट्टराई र ऋषी भट्टराईका विचमा प्रतिश्पर्धा हुने देखिएको छ ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ