arrow

देउवा पक्ष उमेद्वार विहिन, संस्थापनका दुई प्यानल भिड्दै

logo
जितेन्द्र भण्डारी।
प्रकाशित २०७२ माघ १६ शनिबार
पाँचथर। नेपाली काँग्रेसको १३ औ महाधिवेशनमा मुलकको अधिकांश जिल्लाको गाउँ तथा नगर अधिवेशनमा संस्थापन र देउवा पक्ष दुई छुटाछुटै प्यानल बनाई चुनाव लडेपनि पाँचथरमा भने अधिकांश गाविस तथा नगरको वडामा सर्वसम्मत नयाँ नेतृत्व चयन भएको छ।
 
जिल्लामा भने संस्थापन भित्रै पाटी सभापति नरेन्द्र कुमार केरुङ र महासमिती सदस्य सुरेन्द्र कुमार दाहाल पार्टी सभापतिका लागि भिड्दैछन्। केहि गाविस र नगरमा भने चुनाव भएको छ। जिल्लाको च्याङथापु गाविसमा बाहेक सवै गाविस र वडामा नयाँ कार्यसमिती र क्षेत्रिय प्रतिनिधी चयन गरिएको छ।
 
च्याङथापुमा भने गएराती अवेर सम्म पनि सर्वसम्मत नयाँ नेतृत्व चयन हुन नसकेपछि अहिले विहान ११ वजेदेखि नयाँ चुनाव हुने भएको छ। अहिलेसम्म आ–आफनो क्षेत्रमा दुवैको बहुमत मत झरेको उनीहरु समर्थति नेता तथा कार्यकर्ताले वताएका छन्। 
 
सभापति केरुङ क्षेत्र नम्बर १ का हुन् भने महासमिती सदस्य दाहाल क्षेत्र नम्बर २ का हुन्। अधिवेशन शुरु हुनु एक दुई महिना अघि देखि नै दुवै समूह छुटाछुटै प्यानल बनाई चुनावी मैदानमा उत्रने तर्खरमा देखिएको कार्यकर्ताहरुले वताएका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ