- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । राष्ट्रिय सभा सदस्यको लागि बुधबार भएको प्रदेश नं ३ को निर्वाचनमा बाम गठबन्धनले सम्मानजनक दुई तिहाई मत ल्याएको छ ।
बुधबार ललितपुरको पाटनमा भएको निर्वाचनमा कूल ८ पदको लागि भएको निर्वाचनमा ६ सिट गठबन्धनले र २ सिट काँग्रेसले जितेको निर्वाचन आयोगले जनाएको छ । यसरी सार्वजनिक भएको मत हेर्दा ७५ प्रतिशत गठबन्धनको र २५ प्रतिशत काँग्रेसको मत हुन आउँछ ।
प्रदेश ३ बाट खुलामा कांग्रेसका राधेश्याम अधिकारी, एमालेका बलराम बास्कोटा र माओवादी केन्द्रका रामबहादुर थापा विजयी भएका छन्।
महिला तर्फ एमालेका उदया शर्मा पौडेल र दिलकुमारी थापा रावल (पार्वती) र कांग्रेसकी धनाकुमारी खतिवडा विजयी भए।
अपाङ्गता भएको व्यक्ति वा अल्पसङ्ख्यकमा एमालेका रामचन्द्र राई र दलिततर्फ एमालेका सिंग बहादुर विश्वकर्मा विजयी भए।
बुधबार नै प्रदेश ३ जस्तै सबै प्रदेशमा निर्वाचन भईसकेको छ भने धेरै प्रदेशमा निर्वाचनको नतिजा समेत सार्वजनिक भईसकेको छ ।