arrow

राष्ट्रियसभा चुनाव –कुन दललाई कति सिट, को को विजयी, पूरा नतिजा

logo
प्रकाशित २०७४ माघ २५ बिहिबार

काठमाडौं ।  बुधबार सम्पन्न राष्ट्रियसभा निर्वाचनको मत परिणाम सार्वजनिक भएको छ । दू्रत गतिमा भएको मतगणनाको परिणाम अनुसार बाम गठबन्धनले बहुमत पाएको छ । 

५६ सिटमध्ये वाम गठबन्धनले ३९ सिट जितेको छ । नेकपा एमालेले २७ र नेकपा माओवादी केन्द्रले १२ सिट जितेको हो। 

नेपाली कांग्रेसले १३ सिट जितेको छ । संघीय समाजवादी फोरम र राजपा नेपालले २–२ सिट जितेका छन् । 

कुन प्रदेशमा को ? 


प्रदेश १  
एमाले –खेमराज नेपाली, अगमप्रसाद बान्तवा राई, परशुराम मेघी गुरुङ, हरिचरण रायमाझी र नैनकला ओझा 
कांग्रेसका – रमेशजंग रायमाझी र सरिता प्रसार्इं
माओवादी केन्द्र  – बीना पोखरेल 

प्रदेश २ 
एमाले  –सुमनराज प्याकुरेल
कांग्रेस  – जितेन्द्रनारायण देव र मुक्ताकुमारी यादव
माओवादी केन्द्र  – शशिकला दाहाल
संघीय समाजवादी फोरम – प्रमिलाकुमारी र रामप्रित पासवान
राजपा नेपाल  –वृषेशचन्द्र लाल र रामप्रसाद यादव

प्रदेश ३ 

एमाले  – सिंहबहादुर विश्वकर्मा, रामचन्द्र राई, उदया शर्मा पौड्याल, दिलकुमारी थापा र बलरामप्रसाद बास्कोटा
कांग्रेस  – धनकुमारी खतिवडा र राधेश्याम अधिकारी 
माओवादी केन्द्र – रामबहादुर थापा 

प्रदेश ४ 
एमाले – गणेश तिमिल्सेना, शान्ति अधिकारी र दीपा गुरुङ
कांग्रेस – सुरेन्द्रराज पाण्डे, विन्दादेवी आले (राना) र प्रकाश पन्थ
माओवादी केन्द्र – दीनानाथ शर्मा र खिमकुमार विक 

प्रदेश ५
एमाले – खिमलाल भट्टराई, रामलखन चमार, कोमल वली र मीना बुढा
कांग्रेस – दुर्गाप्रसाद भट्टराई र अनिता देवकोटा
माओवादी केन्द्र –चन्द्रबहादुर खड्का र राजकुमार कुँवर 

प्रदेश ६
एमाले – नरपति लुवार, कविता बोगटी, नन्दा शर्मा चपार्इं, ठगेन्द्रप्रकाश पुरी र भैरवसुन्दर श्रेष्ठ 
माओवादी केन्द्र – जीवन बुढा, युटोल तामाङ र कालीबहादुर मल्ल  

प्रदेश ७ 
एमाले – चक्रप्रसाद सुवेदी, शेरबहादुर कुँवर, इन्दु कडरिया र कमलाकुमारी ओली
कांग्रेस – बद्रीप्रसाद पाण्डे र तारादेवी भट्ट
माओवादी केन्द्र – महेशकुमार महरा र हरिराम चौधरी 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ