arrow

पाल्पामा कुन गाँउबाट को आयो ?

logo
प्रकाशित २०७२ माघ १६ शनिबार
Rpampur-congress.jpg.jpeg
पाल्पा । कांग्रेसको १३ औं महाधिवेशनकालागि गाउ, नगरवडा र नगर अधिवेशनमा अधिकांश सर्वसम्मत रुपमा वडा र गाउ सभापति साथै क्षेत्रीय प्रतिनिधि चयन भएका छन् । जिल्लाको रामपुर नगरपालिका, ७ बाहेक सबै गाविस र नगरका वार्डमा एकैसाथ कांग्रेसको अधिवेशन सकिएको हो ।
 
जिल्लाको ९० बुथमध्ये ८९ बुथमा निर्वाचन प्रक्रिया शुक्रबार बेलुकासम्म सकिएको थियो । जिल्ला सभापति बीरबहादु रानाका अनुसार अधिकांश स्थानमा सर्वसहमति र केही स्थानमा लोकतान्त्रिक अभ्यासबाट गाँउ सभापति चुनिएका छन् । रामपुर र तानसेनका  ३० वडामध्ये २९ वडामा बेलुका अबेरसम्म सर्वसहमति र निर्वाचन प्रक्रियाबाट सकिएको हो । ‘अधिकांशमा सर्वसहमतिमै सभापति र क्षेत्रीय प्रतिनिधि चयन भएका छन्,’ उहाँले भन्नुभयो, ‘रामपुरको एउटा वडाबाहेक सबै ठाउँमा अधिवेशन सम्पन्न भएको छ ।’
 
जिल्लाका ५ हजार ३३ क्रियाशील मतदाता छन् । रामपुर र तानसेनका अधिकांश वडामा सर्वसम्मत रुपमा सम्पन्न भएका छन् । तानसेनका कतिपय वडामा निर्वाचन भएपनि शान्तपूर्वक सम्पन्न भएको क्षेत्रीय सभापति रामबहादुर कार्कीले बताए । रामपुरको ७ नम्बरबाहेक अरु सबै वडामा शान्त पूर्वक र अधिकांशमा सर्वसहमतिमै अधिवेन सम्पन्न भएको क्षेत्रीय सभापति सन्तोष थापामगरले बताए ।
 
प्रतिनिधि छनोटमा सांसद र सांसदका उम्मेदवार स्वतः प्रतिनिधि हुने व्यवस्था भएपनि जिल्ला फरक पारेर क्रियाशी सानु भएका क्षेत्रनम्बर ३ का सांसद हरिप्रसाद नेपाल रुपन्देही, ४ को वुटवल नगरपालिका, ४ बाट निर्विरोध क्षेत्रीय प्रतिनिधि चयन भएका छन्।  जिल्लाका सीता देवकोटा, रुपा विक, राजन पन्त, भुषण राजलवत, जमिला मिलायले विद्यानले दिएको सुविधा प्रयोग गरेर स्वतः प्रतिनिधि भएका छन् ।
 
क्षेत्र नम्बर १ को रहवासमा इन्द्रकुमार सुनारी, बहादुरपुरमा कमानसिं बारघरे, जल्पामा रुद्र खनाल, ज्यामिरेमा गगन सोती, मित्यालमा लालबहादुर सोती, सहलकोटमा नरमान राना, बाँकामलाङ्मा पूर्णबादुर खाँड, गल्धामा शिव अर्याल चयन भएका छन् । यस्तै, अर्चलेमा हुमबहादुर राना, सिलुवामा झमनबहादुर राजमगर, रिङ्नेरहमा कृष्ण पौडेल, देवीनगरमा रामप्रसाद श्रेष्ठ,  फोक्सिङ्कोटमा देवबहादुर कार्की, हुँगीमा बाबुराम पँछाई, बिरकोटमा नन्दलाल सारु, हेक्लाङमा दुर्गाबहादुर थापा गाउ सभापति चयन भएका छन् ।
 
क्षेत्रनम्बर २ को मस्याममा टोमबहादुर पुन, खानीछापमा हुतमानसिं दर्लामी, चिदीपानीमा रामेश्वर पन्थी, ताँहुमा विष्णुबहादुर थापा, हुमिनमा चेतनारायण श्रेष्ठ, दर्लमडाँडामा नन्दकिशोर अमात्य, यम्घामा लक्ष्मी अधिकारी, चापपानीमा चिन्तामणी बस्याल, बराङ्दीमा गणेशप्रसाद बस्याल, पिपलडाँडामा तुल्सीराम थापा, झडेवामा बालकृष्ण जीसी, गोठादीमा दिल्ली रेग्मी चयन हुनु भएको छ ।
 
यस्तै, खानीगाउँमा गुनबहादुर बुढाथोकी, रुप्सेमा रामचन्द्र नेपाल, कसेनीमा दिपक थापा, मदनपोखरामा पूरुषोत्तम अर्याल, तेल्धामा रामचन्द्र कार्की, पोखराथोकमा प्रकाश नेपाल, नायरनमतलेसमा ताराबहादुर कुँवर, कोलडाँडामा देवसिंह गाहा, चिर्तुङ्धारमा टेकबहादुर राना गाउँ सभापति चयन भएका छन् । क्षेत्र नम्बर २ को सभापति सबै गाविसमा निर्विरोध भएपनि केही गाविसमा क्षेत्रीय प्रतिनिधिमा निर्वाचन भएको क्षेत्रीय सभापति कृष्णप्रसाद बस्यालले बताए ।
 
क्षेत्रनम्बर ३ को बौघापोखराथोकमा जुद्धविर थापा, बौघागुम्हामा रेवन्तबहादुर पाण्डेय, भैरवस्थानमा प्रेमनाथ नेपाल, खस्यौलीमा पवित्र थैव, देउराली अमरबहादु सारुथापा, कुसुमखोलामा जितबहादुर छहरी, ठिमुरेमा नरबहादुर बगाले, फेकमा कुलप्रसाद पौडेल, पालुङमैनादीमा खड्गबहादुर थापा, मुझुङ्मा रेवन्तबहादुर कार्की, अर्गलीमा दधिराम न्योपाने, ख्याहामा लक्ष्मी गैरे, शिद्देश्वरमा विश्वनाथ पन्त, सोमादीमा दानबहादुर पौडेल, भुवनपोखरीमा धनन्जय भट्टराई चयन भएका छन् । 
 
यस्तै, छहरामा विष्णु पोखरेल, कचलमा भद्रबहादुर थापा, जुठापौवामा डोमबहादुर घर्ति, सत्यवतीमा होमबहादुर रेश्मी, बल्ढेङ्गढीमा गिरबहादुर बगाले गाउ सभापतिमा चयन भएका छन् । क्षेत्र ३ मा पनि केही गाविसमा निर्वाचन भएपनि अधिकांशमा सर्वसहमति नै भएको क्षेत्रीय सभापति रामबहादुर कार्कीले बताए । 
 
रामपुर नगरपालिकाको ७ नम्बर वडा बाहेक एकबाट क्रमश खिमबहादुर मल्ल, भेषराज पोखरेल, ताराबहादुर थापा, डोलकुमारी दर्जी, विष्णुप्रसाद रेग्मी, बसन्तराम ठाडा, अर्जुन रेग्मी, कृष्णप्रसाद अर्याल, दोवराज तिवारी, खगेन्द्र न्यौपाने, विष्णु साठीघरे, बोमबहादुर नामजाली, सीताराम सेढाई र ध्रुव खनाल वडा सभापतिमा चयन भएका छन् । वडा सभापतिमा निर्विरोध भएपनि क्षेत्रीय प्रतिनिधि छनोटमा भने निर्वाचन भएको थियो ।
 
तानसेन नगरनपालिकाको एकबाटै क्रमश बरुण रेग्मी, वंकिमचन्द्र खनाल, शोभा शाक्य, राजेन्द्रमुनी शाक्य, उत्तम बज्राचार्य, दलबहादुर राजपुत, बलबहादुर राना, पुष्कर रेग्मी, नबहादुर थापा, निर्दोष खनाल, विद्यान श्रेष्ठ, मानबहादुर कार्की, दिपक खड्का, केशव अधिकार र गोपालप्रसाद श्रेष्ठ वडा सभापतिमा चयन भएका छन् । वडा सभापति निर्विरोध भएपनि कतिपय वडामा प्रतिनिधि छनोटमा निर्वाचन भएको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ