arrow

पतिसँग सम्बन्ध बिगार्दै मुन्नी गर्ल

अरबाज र मलाइकाबीचको सम्बन्धको दुरी निकै बढेको छ ।

logo
प्रकाशित २०७२ माघ १६ शनिबार
arbaazmalika.jpg.jpeg
मुम्बई । फिल्म ‘दबङ’की मुन्नि गर्लका रुपमा परिचित मलाईका अरोरा खानले पति अरबाज खानको घर छोडेकी छन् ।  समाचार अनुसार अरबाज र मलाइकाबीचको सम्बन्धको दुरी निकै बढेको छ ।

मलाइकाले अरबाज बसिरहेको बान्द्रास्थित आफ्नो घर पनि छोडेकी छन् । उनी आफ्ना सन्तानका साथ खारको नजिकैको एक अपार्टमेन्टमा सिफ्ट भईसकेकी छन् । यो अर्पामेन्ट मलाईकाको बहिनी अमृताको नजिकै रहेको छ ।

मलाइका र अरबाजको विवाह १९९८ मा भएको थियो । केही समय अघि देखि रियालिटी शो पावर कपलमा यो जोडी देखिएको थिएन । त्यो बेला नै धेरैले उनीहरुको सम्बन्धमा खटपट आएको हो कि भन्ने अडकलबाजी धेरैले गरेका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ