arrow

माओवादी केन्द्रबाट संसदीय दलको नेतामा आङबुहाङ

logo
कुमोद अधिकारी,
प्रकाशित २०७४ माघ २५ बिहिबार

विराटनगर ।  नेकपा माओवादी केन्द्रले बिहिवार १ नम्वर  प्रदेशको  संसदीय दलको नेतामा टङ्क आङबुहाङलाई   चयन गरेको छ । सो पार्टिले  विराटनगरमा पत्रकार सम्मेलनगरी  १ नम्वर प्रदेशको संसदिय दलको नेतामा सर्वसम्मत ढंगवाट टङ्क आङवुहाङलाई  चयन गरेको जनाएको छ । आङवुहाङ ताप्लेजुङ जिल्लाका प्रदेशसभा सदस्य हुन् ।

यसैगरी,पार्टीको तर्फबाट सरकारको नेतृत्व गर्नका लागि  इन्द्र हाङबोलाई पनि सर्वसम्मत ढङ्गले चयन गरेको  नेकपा माओवादी केन्द्र १ नम्वर प्रदेश  संयोजक सावित्रीकुमार  काफ्लेले बताए ।
   
बामगठबन्धनको सरकार निर्माणमा यस प्रदेशमा अहिले १० प्रतिशत मात्र मन्त्री हुने भएकाले पार्टीबाट कति जना मन्त्री हुने विषयमा गठबन्धन दलसँग छलफल गरेर मात्र बताउनु सकिने संयोजक काफलेले स्पष्ट पारे ।    

प्रदेश नं–१ मा ९३ साँसद्मध्ये नेकपा माओवादीकेन्द्रको १५ जना र उदयपुरबाट पार्टीको सहयोगमा निर्वाचित नारायणबहादुर मगरको पनि पार्टीमा समर्थन रहेको संयोजक काफ्लेले बताए ।

पत्रकार सम्मेलनमा प्रदेश नं–१ का इन्चार्य गोपाल किराँतीले  पार्टीभित्र विचार,सङ्घर्ष हुनु स्वभाविक रहेकाले यस विषयलाई सामान्य रुपमा लिनुपर्ने बताए ।

  पार्टीका प्रदेश सांसदमध्ये ज्येष्ठ सदस्य शोभाग्यवती राईको अध्यक्षतामा बैठक बसेको थियो ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ