arrow

ग्राण्डीको भ्यालेन्टाइन अफर : सुविधा कि कमाउ धन्दा ?

logo
प्रकाशित २०७४ माघ २६ शुक्रबार
grandi_hospitol.jpg

काठमाडौं । काठमाडौं धापासीको ग्राण्डी इन्टरनेशनल अस्पतालले भ्यालेन्टाइन दिवसको अवसरमा सुविधामा छुट दिने भन्दै भ्यालेन्टाइन अफर ल्याएको छ ।

यो अफर अन्तर्गत प्रेमी वा प्रेमिकामध्ये एकजनाले स्वास्थ्य परीक्षण गराएमा अर्कोलाई सित्तैमा परीक्षण गरिदिने रे फेब्रुुअरी १४ देखि २८ सम्म । प्रेमी वा प्रेमिकामध्ये एकले १३ हजार ५ सय रुपैयाँ बराबरको परीक्षण गर्दा अर्कोलाई निःशुल्क गरिने ग्राण्डीको भारी (१) अफर छ ।

यो मामलामा ग्राण्डीको मार्केट स्कीम जगबको लाग्छ । टेबलमा दिइएको परीक्षणका लागि ग्राण्डीले डाक्टरको फी सहित १३ हजार ५ रुपैयाँ तोकेको छ (एक जना बराबर) । पक्का प्रेमीप्रेमीका हुन् होइनन् ग्राण्डीले त्यो परीक्षण भने गर्दैन । झट्ट हेर्दा ग्राण्डी अस्पताल प्रेमी प्रेमिकाप्रति उदार देखिन्छ । तर, ग्राण्डीले परीक्षण गर्ने रोगको शुल्क अरु क्लिनिक र अस्पताल भन्दा कैयौं गुना बढी देखिन्छ । हामीले केही भन्नै पर्दैन तथ्यांक आफैं बोल्छ :

यही हो स्थिति । ग्र्राण्डीमा एक जनाले गर्ने परीक्षण वीर अस्पतालमा ३ जनाले गर्न पाउँछन् । ललितपुर हार्ट क्लिनिकमा २ जनाले परीक्षण गर्दा पनि केही रकम उब्रिन्छ । छैन त ग्राण्डीको भारी छुटको अफर ? लिने होइन सेवा ? लाने होइन त प्रेमीलाई परीक्षण गराउन ग्राण्डी ? के छ विचार ?



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ