arrow

प्रदेश १ मा ओली निकट शेरधन विजयी, झलनाथको जोर चलेन

logo
प्रकाशित २०७४ माघ २६ शुक्रबार
sherdhan_rai.jpg

विराटनगर ।  नेकपा एमालेबाट प्रदेश नं १ को संसदीय दलको नेतामा पार्टी अध्यक्ष केपी शर्मा ओली निकट शेरधन राई विजयी भएका छन् । पार्टी पूर्व अध्यक्ष  झलनाथ खनाल निकट मानिने भीम आचार्यलाई हराउदै राई विजयी भएका हुन् ।


 निर्वाचनमा पूर्वमन्त्री राईले २६ र प्रतिस्पर्धी एमालेका सचिवसमेत रहेका आचार्यले २४  मत हासिल गरे। वाम गठबन्धनको सहमतिअनुसार राई सो प्रदेशमा मुख्यमन्त्री बन्ने निश्चित देखिएको छ । सो प्रदेशमा एमालेका ५१ सदस्य छन् । एक मत भने बदर भएको छ ।
 
शुक्रवार बिहान ११:३० बजे दुवैले जिल्ला समन्वय समितिस्थित संसदीय दलको कार्यालयमा मनोनयनपत्र दर्ता गराएका थिए  ।   आचार्यको समर्थक र प्रस्तावकमा गणेश काङवाङ (पाँचथर) र तुलसी न्यौपाने (संखुवासभा) रहेका थिए भने  राईको प्रस्ताव र समर्थकमा हिक्मत कार्की (झापा) र जगदीश कुशियत(सुनसरी) रहेका थिए ।  

यस अघि नेकपा एमाले  प्रदेश नं ३ को संसदीय दलको नेतामा ओली निकट डोरमणि पौडेल विजयी भइसकेका छन् ।

ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा सम्पन्न निर्वाचनमा पौडेलले ३४ र प्रतिस्पर्धी माधवकुमार नेपाल निकट अष्टलक्ष्मी शाक्यले २४ मत हासिल गरिन् ।  सो प्रदेशमा पनि पौडेल मुख्यमन्त्री बन्ने निश्चित देखिएको छ । सो प्रदेशमा एमालेका ५८ सदस्य छन् । हेटौँडा नगरपालिकाका पूर्व प्रमुख पौडेल मकवानपुरबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ