arrow

यु-१९ क्रिकेट विश्वकप: नेपाललाई आयरल्याण्डको १३२ रनको चुनौती

logo
प्रकाशित २०७२ माघ १६ शनिबार
काठमाडौँ । उन्नाइस वर्षमुनि (यु–१९) विश्वकप त्रिकेटअन्तर्गत आयरल्यान्डले नेपालसामु १३२ रनको सामान्य स्कोरको चुनौती पेस गरेको छ । 
 
बङ्गलादेशस्थित फतुल्लाह रङ्गशालामा टस जितेर ब्याटिङ गरेको आयरल्यान्डले पुरै ओभर खेल्दै ९ विकेटको क्षतिमा १३१ रन मात्र बनाउन सक्यो । 
 
आयरल्यान्डका सस्तैमा समेट्न नेपालका लागि सन्दीप लामिछानेले ह्याट्रिकसहित ५ विकेट लिए । ह्याट्रिक गर्ने क्रममा उनले चौथो, पाँचौ, छैठौं विकेट लिएका थीए।  त्यस्तै, दीपेन्द्र ऐरीले २ तथा सुनिल धमला र सुशील कँडेलले १÷१ विकेट लिएका थिए। 
 
नेपाली धारिलो बलर सामु आयरल्यान्डमा बलर निरीह बनेका थिए । आयरल्यान्डले ३८.५ ओभरमै ८ विकेट गुमाएर ९२ रन मात्र बनाएको थियो । त्यसपछि आयरल्यान्ड केही सम्हालिएको थियो । 
 
लञ्च अघि नेपालले आफ्नो ईनिङमा ८ ओभरमा १ विेकटको नोक्सानमा २१ रन बनाएको छ। 
 
आजको खेल जिते नेपालको क्वाटरफाइनलमा पुग्ने सम्भावना लगभग पक्का हुनेछ । पहिलो खेलमा नेपालले बलियो मानिएको न्युजिल्यान्डलाई ३२ रनले हराएको थियो । समूह ‘डि’ मा रहेको नेपालले आफ्नो अन्तिम खेल यही माघ १८ गते भारतसँग खेल्नेछ । 



नयाँ