arrow

पुनःनिर्माण महाअभियान द्रुत गतिमा बढ्ने प्रधानमन्त्रीको विश्वास

logo
प्रकाशित २०७२ माघ १६ शनिबार
kp-oli.jpg.jpeg
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पपछिको पुनःनिर्माण अभियानलाई द्रुत गतिमा अघि बढाउन सरकार प्रतिबद्ध रहेको बताएका  छन् । भूकम्प गएको नौ महिनापछि महाअभियानका रुपमा सुरु गरिएको पुनःनिर्माणलाई जनस्तरमै लैजान ढिलाइ आइरहेका बेला प्रधानमन्त्रीले प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा उपलब्ध सहयोग रकम ग्रहण गर्दै भूकम्पपीडितको उद्धार, राहत र पुनःस्थापनाका कामलाई सरकारले  तीव्रता दिएको  राष्ट्रिय पुनःनिर्माण प्राधिकरण गठन गरी काम थालिसकिएको र  थप गति दिन सरकार प्रतिबद्ध रहेको बताए । 
 
प्रधानमन्त्री ओलीले भूकम्पबाट अतिप्रभावित १४ जिल्लामा लक्षित कार्यक्रमलाई क्रमशः अन्य प्रभावित जिल्लामा पनि व्यवस्थित र पारदर्शी ढङ्गले विस्तार गरिने उल्लेख गर्दै सरकारी कोषमा जम्मा भएको रकम दुरुपयोग हुन नदिइने र सही ढङ्गले सदुपयोग हुने विश्वास दिलाए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ