arrow

भावनात्मक सम्बन्ध टुटाउने अभिव्यक्ति दिनु नहुने नेपालको धारणा

सरकारले काम कम, कुरो बढी गरेको नेपालको टिप्पणी

logo
प्रकाशित २०७२ माघ १६ शनिबार
makune.jpg.jpeg
भीमदत्तनगर । नेकपा (एमाले)का नेता माधवकुमार नेपालले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका माग संविधान संशोधन मार्फत पूरा भइसकेको बताएका छन् ।  प्रेस चौतारी कञ्चनपुरले आज बिहान भीमदत्तनगरमा गरेको पत्रकार सम्मेलनमा नेपालले आन्दोलनले सिङ्गो देश र मधेसलाई समस्या भएको उल्लेख गर्दै पहाड र मधेसको भावनात्मक सम्बन्ध टुटाउने खालका अभिव्यक्ति कसैले दिनु नहुने बताए ।  
 
पूर्वप्रधानमन्त्री नेता नेपालले धेरै राजनीतिक विषय टुङ्गिसकेको उल्लेख गर्दै अब आर्थिक विकासमा लाग्नुपर्नेमा जोड दिएका छन् । वर्तमान सरकारले काम कम, कुरो बढी गरेको टिप्पणी गर्दै उनले सरकारलाई परिणाम देखिने गरी काम गर्न सुझाव दिए  । 
 
चन्दको सालिकमा माल्यार्पण 
सहिद दिवसका अवसरमा आज भीमदत्तनगरको दशरथ चोकमा रहेको सहिद दशरथ चन्दको सालिकमा माल्यार्पण गरिएको छ । चन्दको सालिकमा नेता नेपाल, उपप्रधानमन्त्री भीमबहादुर रावल र अर्थ राज्यमन्त्री दामोदर भण्डारीले माल्यार्पण गरेका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ