arrow

यु-१९ विश्वकप क्रिकेट: नेपालको लगातार दोस्रो जीत, क्वार्टरफाईनल यात्रा नजिक

logo
प्रकाशित २०७२ माघ १६ शनिबार
cricket-U-19-worldcup-1-.jpg.jpeg
काठमाडौं। उन्नाइस वर्षमुनि (यु–१९) विश्वकप त्रिकेटअन्तर्गत आयरल्याण्डलाई ८ विकेटले पराजित गर्दै नेपाल क्वार्टरफाईनलको नजिक पुगेको छ। 
 
आज भएको समुह डीको दोस्रो खेलमा आयरल्याण्डलाई सस्तोमा समेट्दै नेपालले जीत हात पारेको हो। पहिले ब्याटिङ गरेको आयरल्याण्डले पुरै ओभर खेल्दै ९ विकेटको क्षतिमा १३१ रन मात्र बनाउन सकेको थियो। आयरल्यान्डका सस्तैमा समेट्न नेपालका लागि सन्दीप लामिछानेले ह्याट्रिकसहित ५ विकेट लिए । ह्याट्रिक गर्ने क्रममा उनले चौथो, पाँचौ, छैठौं विकेट लिएका थिए। सन्दिपले १० ओभरमा २७ रन खर्चेका थिए।  
 
त्यस्तै, दीपेन्द्र ऐरीले २ तथा सुनिल धमला र सुशील कँडेलले १-१ विकेट लिएका थिए। आयरल्याण्डका लगि ज्याक टेक्टर र हेरी टेक्टरले क्रमश २७ र ३० रन बानाउनु बाहेक अन्य व्याट्सम्यानले गतिलो प्रदर्शन गर्न सकेका थिएनन्। 
 
जवाफमा ब्याटिङ गर्न ओर्लेको नेपालले उक्त लक्ष्य २५.३ ओभरमा २ विकेटको क्षतीमा पुरा गरेको थियो। नेपालले आफ्नो ईनिङको पहिलो बलमा सन्दिप सुनारलाई गुमाएको थियो त्यसपछि नेपाली टोलीले सम्हालिंदै जीतको लक्ष्य भेट्टाएको थियो।
नेपालकालागि योगेन्द्र सिंह कार्कीले नटआउट ६१ रन बनाएका थिए भने आरिफ शेखले ३१ रन नटआउटको योगदान गरेका थिए। प्रारम्भिक ब्याट्सम्यान सुनील धमलाले २८ रनको योगदान दिएका थिए। ६१ रनको ईनिङ खेल्ने क्रममा कार्कीले ८१ बलको सामना गर्दै ८ चौका प्रहार गरेका थिए । शेखले ३६ बलमा ५ चौकाको मदतले ३१ रन बनाएका थिए। २८ रन बनाउने क्रममा धमलाले ३५ बलको सामना गर्दै १ छकका र ४ चौका प्रहार गरेका थिए। 
 
आयरल्याण्डका जोशुवा लिटल र ग्यारी मकक्लिन्टकले १-१ विकेट लिएका थिए। 
 
यस जीतसँगै नेपालले आफ्नो नकआउट चरणको यात्रा लगभग तय गरिसकेको छ। नेपालको उक्त यात्राकालागि भारतले न्युजील्याण्डलाई पराजित गर्नु पर्ने छ । यो समाचार तयार पार्दासम्म २५९ रनको लक्ष्य पच्छ्याएको न्युजिल्याण्ड २२ ओभरको समाप्तीमा ८७ रनमा ७ विकेटको स्थितीमा खेलिरहेको छ।
 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ