arrow

पोखरेललाई प्रदेश ५ को मुख्यमन्त्री बनाउन के हुदैछ गृहकार्य

मुख्यमन्त्री नियुक्ति प्रकृया अगाडि बढाउन माग

logo
प्रदिप आचार्य,
प्रकाशित २०७४ माघ २८ आइतबार
shankar.jpg

बुटवल । प्रदेश नम्बर ५ को मुख्यमन्त्रीको नियुक्ति प्रकृया अगाडि बढाउन नेकपा एमाले र माओवादी केन्द्र पार्टीका नेताहरुले माग गरेका छन् ।  नियुक्ती सम्बन्धमा एमाले र माओवादी केन्द्रका संसदीय दलका नेताले हस्ताक्षर गरेको माग पत्र प्रदेश नम्बर ५ प्रमुख उमाकान्त झालाई बुझाएको हो ।

एमालेका संसदिय दलका नेता शंकर पोखरेल र माओवादी केन्द्रका नेता कुल प्रसाद केसी 'सोनाम'ले हस्ताक्षर गरेर शंकर पोखरेललाई मुख्यमन्त्री मा समर्थन गर्दै प्रकृया अगाडि बढाउन माग गरिएको छ ।  संविधानको १६८ को उपधारा २ बमोविम माग गरेको हो ।

पत्र बुझाउन पुगेका नेकपा एमालेका संसदिय दलका नेता शंकर पोखरेलले पहिलो चरणमा मिनि मन्त्रालय निर्माण हुने बताएका छन् ।  उनले भवन तथा पुर्वाधार कमिका कारण मिनि मन्त्रिपरिषद निर्माण हुने बताए । पहिलो चरणमा ३ जना मन्त्रि हुने र मुख्यमन्त्री र मन्त्रिको सपथ एकैदिन हुने संभावना रहेको बताए ।

माओवादी केन्द्रका नेता वर्षमान पुनले पार्टी एकता छिट्टै हुने बताए । प्रदेश नम्बर ५ मा पहिलो चरणमा १-१ एमाले र माके बिच भागबण्डा हुने र बाँकि मिलेर काम गर्ने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ