arrow

प्रदेश ४ को मुख्यमन्त्री बन्ने गुरुङ को हुन् ?

logo
प्रकाशित २०७४ माघ २८ आइतबार
Prithivi_subba_intervew36582.jpg

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सचिव पृथ्वीसुब्बा गुरुङ प्रदेश नम्बर ४ को मुख्यमन्त्री बन्ने भएका छन् । आइतबार बसेको प्रदेश कमिटीको बैठकले गुरुङलाई संसदीय दलको नेतामा सर्वसम्मत चयन गरेपछि मुख्यमन्त्रीको बाटो खुलेको हो । किरण गुरुङले आफ्नो दाबी फिर्ता लिएपछि पृथ्वीसुब्बाको नाममा सर्वसम्मत भएको हो ।

गुरुङ विसं २०१४ फागुन २ गते  गिलुङ गाविस–८, टक्सार मा जन्मिएका हुन् ।  हाल उनको जन्मस्थल  क्व्होलासोंथर गाउँपालिका ९, टक्सार, लमजुङमा पर्छ । बुवा गंगाप्रसाद गुरुङ र आमा  चिनी गुरुङका सन्तानको रुपमा  जन्मिएका गुरुङले  २०३० सालमा ईशानेश्वर प्रमोद हाई स्कुल, भोर्लेटारबाट  एसएलसी पास गरेका हुन् । उनले अमृत साइन्स क्याम्पसबाट बिएस्सी प्रथम श्रेणीमा उत्रिर्ण गरेका छन् ।

उनि  २०२७ सालमा ईशानेश्वर प्रमोद हाईस्कुल, भोर्लेटार अनेरास्ववियूको तर्फबाट स्ववियू सचिव निर्वाचित भएका थिए  । उनले  २०३५ सालमा मध्य–उत्तर इलाका पार्टी सक्रिय दल नेकपा (माले) लमजुङको सदस्यको रुपमा काम गरे । उनि २०४८ फागुन ९–१० को प्रथम जिल्ला अधिवेशनबाट नेकपा (एमाले) जिल्ला कमिटी सचिवमा निर्वाचित भए  । २०५४ माघ ९–१४ मा नेपालगञ्जमा सम्पन्न पार्टीको छैटौं महाधिवेशनबाट नेकपा (एमाले) केन्द्रीय कमिटीको बैकल्पिक सदस्यमा निर्वाचित भए  ।

त्यस्तै उनि २०६० मा नेकपा (एमाले) केन्द्रीय कमिटी सदस्यमा मनोनित भए  । उनले  २०६१ देखि २०७० सम्म केन्द्रीय जातिय मामिला विभाग प्रमुखको जिम्मेवारी सम्हालेका थिए  । उनि  २०६५ मा बुटवलमा सम्पन्न आठौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय कमिटी सदस्यमा निर्वाचित भए  । उनि २०६५ मा पार्टी पोलिटव्यूरो सदस्यमा निर्वाचित भए । २०६९ देखि २०७१ सम्म केन्द्रीय कार्यालयको सचिवको जिम्मेवारीमा रही काम गरेका गुरुङ  २०७१ मा सम्पन्न पार्टीको नवौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय कमिटीको सचिवमा निर्वाचित भए । उनि २०७२ देखि पार्टीको केन्द्रीय संगठन विभाग प्रमुखको जिम्मेवारीमा कार्यरत रहेका छन् ।

उनि  पञ्चायती व्यवस्थाको भण्डारफोन अभियानको लागि पञ्चायती मञ्चको उपयोग नीति अनुसार नेकपा (माले) को तर्फबाट जनपक्षीय रापंस उम्मेद्वार बनेको थिए ।  उनले २०६४ चैत १८ देखि २०६५ साउनसम्म नेपाल सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको कार्यभार सम्हालेका थिए  ।
    
लमजुङ क्षेत्र नम्बर २ बाट २०६४ सालको संविधानसभाको निर्वाचनमा नेकपा (एमाले) को तर्फबाट प्रतिनिधिसभाको उम्मेद्वार बनेका गुरुङले ६ हजार भन्दा बढी मतले बिजयी भए । पहिलो संविधानसभामा २०६५–०६९ मा शासकीय स्वरुप निर्धारण समितिको सदस्य भइ काम गरेका उनि व्यवस्थापिका–संसद २०६५–०६९ मा प्राकृतिक स्रोत साधन समितिको सदस्य पनि थिए  ।

गुरुङ दोस्रो संविधानसभाको निर्वाचनमा लमजुङ क्षेत्र नं २ बाट ६७२ मतले पराजित भए । भने २०७४ मंसिर १० गते सम्पन्न प्रतिनिधि तथा प्रदेश सभाको पहिलो चरणको चुनावमा लमजुङ प्रदेश (ख) बाट ७ हजार ९ सय ८६ मतअन्तरले बिजयी भए।

गुरुङले  भारत, थाइल्याण्ड, मलेसिया, सिंगापुर, हङकङ, मकाउ, चीन, उत्तरकोरिया, जापान, अमेरिका, स्पेन, स्वीडेन, डेनमार्क, नेदरल्याण्ड, नर्वे, संयुक्त अधिराज्य, क्यानाडा, बोलिभिया, ग्वाटेमाला, एल साल्भाडोर, पेरु, इथिओपिया, बहराइन, कतार, संयुक्त अरव इमिरेट्स भ्रमण गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ