- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । इङलिस प्रिमियर लिग फुटबलमा तालिकाको दोस्रो स्थानमा रहेको म्यान्चेस्टर युनाइटेडले फेरि हारको सामना गर्नुपरेको छ ।
म्यान्चेस्टरले आइतबार राति भएको खेलमा न्यूकासल युनाइटेडसंग १–० को हार बेहोरेको हो ।
न्यूकासलको मैदानमा जोजे मौरिन्हो प्रशिक्षक भएपछि अहिलेसम्म म्यान्चेस्टर युनाइटेडले जित्न सकेको छैन ।
म्यान्चेस्टरलाई हराउन म्याट रिचीले निर्णायक गोल गरे ।
स्तव्ध मौरिन्होले मैदानमा विभिन्न हर्कतसमेत देखाएका थिए ।
म्यान्चेस्टर युनाइटेडका पुर्व खेलाडी लियाम मिलरको मृत्यु भएपछि टिम पाखुरामा कालो ब्याण्ड बाँधेर मैदानमा उत्रिएको थियो ।
मिलरको ३६ वर्षको उमेरमा निधन भएको हो ।
लिगको आइतबार रातिको अर्को खेलमा लिभरपुलले साउथह्याम्पटनलाई २–० ले हरायो । रोबर्टो फर्मीनो र मोहोमद सालाहले १–१ गोल गरे ।
हडर्सफिल्ड टाउनले भने एएफसी बर्नमाउथलाई ४–१ ले हरायो ।
लिगको अंक तालिकामा २७ खेलबाट ७२ अंक जोडेको म्यान्चेस्तर सिटी पहिलो र ५६ अंकको म्यान्चेस्टर युनाइटेड दोस्रो स्थानमा छ । ५४ अंकको लिभरपुल तेस्रो स्थानमा छ ।