arrow

यु-१९ क्रिकेट विश्वकप: नेपाल क्वार्टरफाईनल प्रवेश

logo
प्रकाशित २०७२ माघ १६ शनिबार
Cricket_Nepal_u19_ire1.jpg.jpeg
काठमाडौं। नेपालले आयरल्याण्डलाई पराजित गर्दै लगातार आफ्नो दोस्रो खेल जितेसँगै क्वार्टरफाईनलको यात्रा तय गरेको छ। नेपालले पहिलो खेलमा न्युजिल्याण्डलाई ३२ रनले पराजित गरेको थियो भने दोस्रो खेलमा आयरल्याण्डलाई ८ विकेटले पराजित गरेको छ। 
 
उता भारतले आफ्नो पहिलो खेलमा आयरल्याण्डलाई पराजित गरेको थियो भने दोस्रो खेलमा न्युजिल्याण्डलाई १२० रनले पराजित गरेको छ। यस आधारमा समुह चरणको १-१ खेल बाँकी रहँदै नेपाल र भारतले क्वार्टरफाईनलको यात्रा तय गरेको हो। २ जीतसँगै नेपाल र भारतको ४-४ अंक छ भने न्युजिल्याण्ड र आयरल्याण्ड अंक बिहीन छन् ।
 
यसअघि सन् २००० मा पहिलो पटक यू–१९ विश्वकपमा सहभागि भएको नेपाल दोस्रो चरणमा पुगेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ