- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । सन्दीप लामिछानेको उत्कृष्ठ बलिङ र रोहित पौडेलको सुझबुझपुर्ण ब्याटीङको मद्दतले नेपालले केन्यालाई ३ विकेटले पराजित गरेको छ।
टस हारेर पहिले ब्याटीङ गरेको केन्याले निर्धारित ५० ओभरमा ८ विकेट गुामएर १७७ रन बनाएको थियो।
नामिबियामा जारी आइसीसी विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गत केन्याविरुद्धको खेलमा नेपालले कसिलो बलिङ गरेको थियो ।
जवाफमा ब्याटीङ गरेको नेपालले ५० ओभरमा ७ विकेट गुामउँदै १७८ रन बनाएर जित हासिल गरेको थियो। नेपालकालागि रोहित पौडेलले ८६ बलमा १ चौकाको मदतले ४७ रन बनाएका थिए। त्यसैगरि आरिफ शेखले ४२ रनको योगदान दिएका थिए।
छैठौं विकेटकालागि रोहित त आरिफले ७७ रनको साझेदारी गरेका थिए। उक्त साझेदारीले नेपाललाई जितको बाटोमा डोर्याएको थियो। ८२ रन हुँदा ५ विकेट गुमाएको नेपालले रोहित र आरिफको सुझबुझ पुर्ण ब्याटीङले नेपालको जित सुनिश्चित भएको थियो।
केन्याविरुद्ध सन्दीप लामिछानेले कीर्तिमानी बलिङ गरेका थिए । उनले १० आभेर बलिङ गरेर ५ मेडन राख्दै ५ विकेट लिए । सन्दीपले लिस्ट ए मान्यताको खेलमा २० रन मात्रै खर्चिएर ५ विकेट लिने उत्कृष्ठ खेलाडीको सूचिमा नाम लेखाएका छन् ।
यस्तै, सोमपाल कामी, बसन्त रेग्मी र शरद भेषावकरले समान १–१ विकेट लिए । यसअघि नेपालले २ खेल जित्दै विश्वकप एक दिवसीय छनोट खेल्ने सम्भावना बढाएको छ ।
खेलको प्लेयर अफ म्याच सन्दिम लामिछाने घोषित भएका थिए।