arrow

राजनीतिक संयन्त्रको बैठक विषयमा ओली र दाहालबीच छलफल सम्पन्न

logo
प्रकाशित २०७२ माघ १६ शनिबार
baluatar.jpg.jpeg
काठमाडौँ,। प्रधानमन्त्री केपी शर्मा ओली र एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालबीच आइतबार हुने उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक लगायत विषयमा छलफल भएको छ । 
 
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा खासगरी सत्तारूढ दल एमाओवादीको स्थायी समितिको बैठकले सरकार सञ्चालनबारे प्रधानमन्त्रीसँग छलफल गर्न अध्यक्षलाई जिम्मा दिएको थियो । दुईबीच मुलुकको समसामयिक विषयमा कुराकानी भएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ