arrow

नाका नखुले प्रधानमन्त्रीको भारत भ्रमण स्थगित : नेता पोखरेल

logo
प्रकाशित २०७२ माघ १६ शनिबार
shankar-pokhrel.jpg.jpeg
फलेवास (पर्वत) । नेकपा (एमाले)का स्थायी समिति सदस्य शङ्कर पोखरेलले भारतले गरेको अघोषित नाकाबन्दी पूर्णरुपमा नखुले प्रधानमन्त्रीको भारत भ्रमण स्थगित हुने बताएका छन् । कुश्मा नगरपालिकाले आयोजना गरेको नगरपालिकास्तरीय कार्यकर्ता भेलालाई आज  सम्बोधन गर्दै नेता पोखरेलले मुलुकको अहसज परिस्थितिलाई थाती राख्दै सरकारको प्रमुख व्यक्ति भ्रमणमा जानु उचित नहुने भन्दै नाका सहज नभएसम्म नजाने प्रधानमन्त्रीको अडान कायमै रहने बताए । 
 
नेता पोखरेलले मुलुकको नयाँ संविधान जारी भएकै कारण नाकाबन्दी भएको बताउँदै यसमा वर्तमान सरकारको कुनै दोष नभएको बताए । पोखरेलले कोइराला नेतृत्वकै सरकारको पालादेखि नाकाबन्दी भएकाले अहिलेको सरकारको कुनै दोष नरहेको बताए  । नेता पोखरेलले १३ औँ महाधिवेशनपछि नेपाली काँग्रेस पनि सरकारमा आउने विश्वास व्यक्त गरे । 
 
कार्यक्रममा नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य गणेश तिमिल्सिना, वैकल्पिक केन्द्रीय सदस्य तथा सांसद कल्पना चापागाँई, वैकल्पिक केन्द्रीय सदस्य गोविन्द नेपाली, वैकल्पिक केन्द्रीय सदस्य मुना केसी तथा सांसद विकास लम्साललगायतको उपस्थिति रहेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ