arrow

नेपाली काँग्रेस फिदिम नगरसभापतिमा मोक्तान सर्वसम्मत चयन

logo
जितेन्द्र भण्डारी
प्रकाशित २०७२ माघ १६ शनिबार
congress-flag.jpg.jpeg
पाँचथर। नेपाली काँग्रेस पाँचथर फिदिमको नगर सभापतिमा हर्क मोक्तान सर्वसम्मत चयन हुनुभएको छ । आज भएको अधिवेशन बाट उहाँ सर्वसम्मत सभापति पदमा चयन हुनुभएको हो । समितीको सचिवमा याम कुमार श्रेष्ठ,तथा कोषाध्यक्षमा नविन कुमार तुम्वापो छनौट हुनुभएको छ ।यस्तै क्षेत्रिय प्रतिनिधीमा निर्वाचन क्षेत्र नम्बर १ बाट मधेशी मुस्लिम,अल्पसंख्यक,पिछडा वर्गबाट उमेश परसैला,शम्भु ठाकुर,आदिवासी जनजाति बाट राजु श्रेष्ठ,राजेन्द्र नेम्बाङ,दलित बाट धनकुमार सुन्दास र लक्ष्मी सुनवार लाई छनौट गरिएको छ ।
 
यस्तै निर्वाचन क्षेत्र नम्बर २ मा आदिवासी जनजाति बाट हरिलाल तुम्रोक,पूर्ण कुमार तुम्वापो,अल्पसंख्यक पिछडा वर्ग बाट विर बहादुर पुलामी,डिक बहादुर वराइली र दलित प्रतिनिधी बाट देवीचन्द्र पोर्तेल,मदन कुमार परियार रहनुभएको छ । दुवै क्षेत्र बाट गरी १२ जना क्षेत्रिय प्रतिनिधी छनौट भएका छन् । यसैगरी समितीको सदस्यहरुमा मोहनलाल तुम्रोक,मान बहादुर दर्जी,डिल्लीराम भण्डारी,खड्ग बहादुर सारु,फुलमाँया तुम्वापो,कमला तुम्वापो,मदन भटराई,सन्तोष श्रेष्ठ लाई चयन गरिएको छ । मनोनित गरी नगर समिती १४ सदस्य हुने नगर सचिव श्रेष्ठले जानकारी दिनुभयो । 



नयाँ