arrow

प्रदेश ७ मा माओवादी नेता त्रिलोचनद्वारा मुख्यमन्त्रीमा दावी

logo
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७४ फागुन २ बुधबार
trilocan.jpg

धनगढी । प्रदेश नम्बर ७ को मुख्यमन्त्रीका लागि माओवादी नेता त्रिलोचन भट्टले प्रदेश प्रमुख मोहनराज मल्ल समक्ष बुधबार दाबी पेश गरेका छन् ।

 नेकपा एमाले र नेकपा माओवादी केन्द्रका बहुमत ३५ जना सदस्यको हस्ताक्षरसहित माओवादी नेता भट्टले प्रदेश प्रमुख मोहनराज मल्लसमक्ष मुख्यमन्त्रीको दाबी पेश गरेका हुन् ।

डोटी प्रदेश सभा ख बाट निर्वाचित भएका भट्टलाई लामो विवादकाबीच माओवादी केन्द्रले संसदीय दलको नेता बनाएको थियो । वाम गठबन्धनबाट माओवादी केन्द्रको भागमा प्रदेश ६ र ७ को मुख्यमन्त्री परेकोले नेता भट्टले मुख्यमन्त्री पदमा दावी गरेका हुन ।

प्रदेश सरकार गठनका लागि प्रमुख मल्लले बहुमत जुटाएर आउनुस भने पछि बुधबार बाम गठबन्धनका तर्फबाट माओवादी नेता भट्टद्वारा उम्मेदवारी दिएका हुन ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ