arrow

सगुनको सहकार्यमा निर्मीत धुर्मुस सुन्तली एकिकृत नमुना बस्तीमा प्रधानमन्त्री

एकिकृत नमुना बस्ती देखेर प्रधानमन्त्री दंग

logo
प्रकाशित २०७२ माघ १६ शनिबार
oli.jpg.jpeg
काठमाडौँ । प्रधानमन्त्री के पी शर्मा ओलीले सगुन डटकमको सहकार्यमा निर्मीत धुर्मुस सुन्तली एकिकृत नमुना बस्तीको अवलोकन गरेका छन् । भूकम्प गएको ३ महिनामै निर्माण सम्पन्न भएको काभ्रे डाँडा गाउँ स्थीत पहरी बस्तीको करिब नौ महिना पछि प्रधानमन्त्री ओलीले अवलोकन गरेका हुन् । बस्ती अवलोकन पश्चात प्रधानमन्त्री ओलीले धुर्मुस सुन्तलीको सामाजीक कामको प्रशंसा गरेका छन् । सरकारले पनि पुनः निर्माणको काम छिट्टै थालनी गर्ने उनले बताएका छन् । 
 
नाकाबन्दीको समस्या समाधानको संघारमा रहेको जिकिर गर्दै उनले नाका सहज पछि पुनः निर्माणमा पनि सहज हुने बताएका छन् । धुर्मुस सुन्तली एकिकृत बस्ती रहेको जमीन गुठीको नाममा रहेकाले घरधनीको स्वामित्वमा ल्याउनका लागि पहल गर्ने समेत उनले प्रतिबद्धता जनाएका छन् । एकिकृत बस्तीमा ५५ पहरी परिवारमध्ये १८ परिवार बसोबास गर्दै आएका छन् । त्यहाँका बासीन्दाले बाँकी रहेका पहरीहरुको लागि पनि त्यस्तै किसीमको घर बनाउन प्रधानमन्त्रीसँग माग गरेका छन् । यस विषयमा पनि आफुले सक्दो सहयोग गर्ने प्रधानमन्त्री ओलीले संकल्प गरेका छन् । 
 
भूकम्प पश्चात अमेरिकामा रहेको कार्यक्रम छाडेर स्वदेश फर्किएका धुर्मुस सुन्तलीलगायतका कलाकार आफैँ खटेर ७७ दिनमा एकिकृत नमुना बस्ती निर्माण गरेका हुन्। अल्प संख्यक र पिछडीएको जाति पहरीहरुको दयनीय अवस्था रहेकाले २० परिवारलाई धुर्मुस सुन्तलीले घर निर्माण गरिदिएका हुन्। नमुना बस्ती निर्माणमा ठूलो खर्च लाग्ने भएपछि उनीहरुले सगुन डटकम लगायत विभिन्न व्यक्ति तथा संस्थासँग सहयोगको अपिल गरेर सो कार्य सम्पन्न गरेका थिए।
 
 धेरैले अवलोकन र प्रशंसा गरेका एकिकृत बस्तीका हरेक घरमा धारा र शौचालय छन्। भूकम्पबाट सुरक्षित बस्तीमा बायोग्याँस, डिस होमलगायतका सुविधा पनि जडान गरिएको छ। एउटै शैलीका घरले निर्माण भएको बस्ती हेर्दामा पनि निकै राम्रो देखिन्छ। आफुहरुले भूकम्प गएको चार महिना नबित्दै भूकम्प प्रभावित पहरीहरुलाई बस्ती निर्माण गरीदिए पनि सरकारले अहिले सम्म काम अघि बढाउन नसकेको सिताराम कट्टेल (धुर्मुस) ले दुख व्यक्त गरेका छन्। 
 
भूकम्प प्रभावितहरुको दयनीय स्थीति रहेको भन्दै उनले पुन निर्माणका लागि निकै ढिलाई भईसकेको बताएका छन्। सक्रियता जनाउने हो भने भूकम्पले क्षतिग्रस्त हरेक बस्तीलाई नमुना बस्ती जस्तै बनाउन सकिने उनको दृढता छ । एक जोडी कलाकारले एउटा उदाहरणीय बस्ती निर्माण गरेर बाटो देखाईसकेकाले सरकारले चाहेमा यस्ता बस्ती सजीलै निर्माण गर्न सक्ने कुञ्जना घिमिरे सुन्तलीले बताएकी छिन्। 
 
निर्माण थालनी पश्चात धेरैले सहयोगी मन देखाएकाले नमुना बस्ती बनेको सम्झना गर्दै सबैको सहयोग रहेमा अन्य बस्ती निर्माणको नेतृत्व लिन पनि आफुहरु तयार रहेको उनको भनाई छ । गरिबी र पिछडीएको समुदाय आफुहरुको प्राथमीकतामा रहेको बताउँदै उनले महोत्तरीको मुसहर बस्तीलाई पनि नमुना बस्ती बनाउने चाहना रहेको सुनाएकी छिन्। 
 
 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ