arrow

मुख्यमन्त्री पोखरेलको सपथ ३ बजे

logo
आचार्य प्रदीप
प्रकाशित २०७४ फागुन ३ बिहिबार
Shankar-Pokharel1.jpg

बुटवल । प्रदेश नम्बर ५ को मुख्यमन्त्री शंकर पोखरेलले बिहिबार दिउँसो सपथ ग्रहण गर्दै छन् । 

उनले दिउँसो ३ बजे बुटवलमा रहेको सडक डिभिजन कार्यालयको सभागृहमा शपथग्रहणको तयारी भइरहेको ५ नं प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

 बुधबार प्रदेश प्रमुख उमाकान्त झाले पोखरेललाई मु्ख्यमन्त्रीको नियुक्तिपत्र प्रदान गरेका थिए । 

पोखरेल नेकपा एमाले र नेकपा माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । 

मुख्यमन्त्री पोखरेलले शपथग्रहण गरेलगत्तै सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारी समेत गरेका छन् । 

मुख्यमन्त्री पोखरेललाई प्रदेश प्रमुख उमाकान्त झाले सपथ गराउने छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ