arrow

एमालेका मण्डल प्रदेश २ को संसदीय दलको नेतामा बिजयी

logo
प्रकाशित २०७४ फागुन ३ बिहिबार
Satya-Naran-Mandal-1.jpg

महेन्द्रनगर, धनुषा ।  प्रदेश नम्बर २ को नेकपा एमालेको संसदीय दलको नेतामा सत्यनारायण मण्डल निर्वाचित भएका छन् ।  

संसदीय दलको नेताको लागि दाबी गर्दै आएका मण्डल र शत्रुधन महतोबीच सहमति हुन नसकेपछि बिहिवार भएको मतदानमा मण्डल निर्वाचित भएका हुन् ।  

मतदानमा विजयी मण्डलले १२ मत प्राप्त गरे भने महतोले आठ मत प्राप्त गरेका थिए । मतदानमा एक मत बदर भएको थियो । प्रदेश २ मा एमालेको २१ जना प्रदेश सांसद छन् । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ