arrow

म्याग्दीमा परिवार नियोजन कार्यक्रम प्रभावकारी वन्दै

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७४ फागुन ३ बिहिबार
health-myagdi.jpg

म्याग्दी । पछिल्लो समयमा म्याग्दी जिल्लामा सञ्चालित परिवार नियोजन कार्यक्रम निक्कै प्रभावकारी हुदै गईरहेको वेनीमा आयोजित एक कार्यक्रमका वक्ताहरुले वताएकाछन् । परिवार नियोजन सेवा सुदृढीकरण कार्यक्रम (सिफो टु)को आयोजनामा वेनीमा भएको अन्तक्रिया कार्यक्रम वोल्ने वक्ताहरुले परिवार नियोजन सेवा र यस सम्वन्धी जनचेतना जगाउन सिफोको अभियानले निक्कै सहयोग पुगेको वताएका हुन् ।

कार्यक्रममा वोल्दै जिल्ला स्थास्थ्य कार्यालय म्याग्दीका प्रमुख डाक्टर रोशन न्यौपाने गाँउघर क्लिनिक, खोप क्लिनिक तथा घुम्ती शिविर मार्फत सिफोले परिवार नियोजनका साधनहरुको प्रयोगदर वढाउनमा सहयोग गरेको वताए । उनले सिफो र जिल्ला स्वास्थ्य कार्यालयको समन्वयमा काम गर्दा जिल्लावासीलाई निक्कै फाईदा पुगेको दावी गरे । प्रमुख डाक्टर न्यौपानेले सिफो र त्यसका प्रवन्धक डाक्टर मिलन सिग्देलले म्याग्दी जिल्लाको स्वास्थ्य सेवा र यसको सहज पहुँच पुर्याउनको लागि गरेको काम निक्कै सह्रानिय रहेको वताए ।

विगत तिन वर्ष देखि सञ्चालित कार्यक्रम पछिल्लो एक वर्षमा निक्कै प्रभावकारी भएको अन्नपूर्ण गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत अच्युत दाहालले वताए । उनले भनेू यातायातको असुविधा रहेको विकट गाँउमा समेत पुगेर परिवार नियोजनको विविध सेवा प्रदान गर्ने कार्यले म्याग्दीका सेवाग्राहीलाई निक्कै फाईदा पुगेको छ  ।
 
सो अवसरमा वोल्दै धौलागिरी गाँउपालिकाका स्वास्थ्य संयोजक लोकनाथ पौडेलले अधिकांश विकट क्षेत्र रहेको म्याग्दीका गाँउ गाँउमा पुगेर परिवार नियोजनको सहज सेवा उपलव्ध गराउने कार्यले सवैलाई फाईदा पुगेको वताए । जुनसुकै समयमा पनि सेवा प्रवाहमा तल्लिन रहने सिफो टु तथा त्यस्का प्रवन्धक डाक्टर सिग्देललाई पौडेलले धन्यवाद समेत दिए ।

एक नगरपालिका र पाँच गाँउपालिका रहेको म्याग्दीमा जिल्ला स्वास्थ्य कार्यालयको समन्वयमा परिवार नियोजन सुदृढीकरण कार्यक्रम (सिफो)टु द्धारा सञ्चालित कार्यक्रम निक्कै प्रभावकारी भएको पाईएको हो  । कार्यक्रममा सिफो टु म्याग्दीका प्रवन्धक डाक्टर मिलनराज सिग्देलले एक प्राथमिक स्वास्थ्य केन्द्र तथा २८ वटा स्वास्थ्य चौकी गरी ३० वटा स्वास्थ्य संस्था मार्फत सेवा प्रदान गर्दै आईरहेको जानकारी दिए । अवको केही समयमा म्याग्दी जिल्लाका सम्पूर्ण स्वास्थ्य संस्थामा काम गर्ने तयारी गरेको सिग्देलको भनाई छ ।  

युएसआईडीको सहयोगमा सञ्चालित सिफो टु ले जिल्लाका अधिकांश स्वास्थ्य चौकीमा अत्यावश्यक सामाग्री हस्तान्तरण गर्नुका साथै विभिन्न ठाँउमा अस्थायी वन्ध्याकरण शिविर,सडक नाटक, विभिन्न संघ—संस्थासँग परिवार नियोजन सम्वन्धी अभिमुखीकरण कार्यक्रम समेत राख्दै आएको प्रवन्धक डाक्ट सिग्देलको भनाई छ । संस्थाले जिल्लामा अस्थायी साधानहरु ईम्पलान्ट, आईयुसिडी, डिपो, पिल्स तथा कन्डमको सहज उपलव्धता तथा स्थास्थ्य संस्थाहरुमा पाँच वटै सेवाहरुको पहुँच वढाउने काम गर्दै आईरहेको छ ।

सिफो टु ले जिल्ला स्वास्थ्य कार्यालय र यस मातहतमा रहेका स्वास्थ्य संस्थाका कर्मचारीहरुलाई क्षमता अभिवृद्धीको लागि तालिम प्रदान गर्नुका साथै महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई उत्प्रेरणा प्रदान गर्ने काम गर्दै आएको कार्यक्रममा जानकारी गराईएको थियो  ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ