- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । पार्टी एकताका लागि नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकता संयोजन समितिको बैठक शुक्रबार बस्दैछ ।
बैठक बिहिबार बस्ने गरी शुक्रबार राति एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीका लागि प्रस्ताव लैजाने निर्णय गर्दै स्थगित भएको थियो ।
बिहिबार दिनभर ओलीको प्रधानमन्त्रीमा प्रस्ताव, सपथ, कार्यभार ग्रहण लगायतका उपलब्धिमै बित्यो ।
यसमा माओवादी भने चुकेको छ । माओवादी ओली नेतृत्वको सरकारमा सहभागी हुन सकेन ।
पार्टी एकताको पनि टुंगो लाग्न नसक्नु अनि पद बाँडफाँड पनि नभएको अवस्थामा सरकारमा सहभागी हुँदा झनै आफ्नो हैसियत गुम्ने देखेपछि माओवादीले आफ्ना सदस्यलाई सरकारमा नपठाएको हो ।
माओवादीले पार्टी एकता नभएसम्म सरकारमा जाने मनस्थिति नबनाएको उच्च स्रोत बताउँछ ।
शुक्रबार बस्ने भनिएको बैठक बसेमा कुनै विषयको टुंगो नलाग्ने समेत स्रोत बताउँछ । स्रोतका अनुसार एमाले र माओवादीमा थुप्रै कुराहरु मिल्न बाँकी छन् ।
यसमा अध्यक्ष पुष्पकमल दाहालको निकै ठूलो चित्त दुखाइ रहेको समेत उच्च स्रोत बताउँछ ।