arrow

आहा–रारा गोल्डकपको उपाधि मनाङ मस्र्याङ्दीलाइ

सर्वाधिक गोलकर्ता मनाङ मस्र्याङ्दीका ओला वाले

logo
प्रकाशित २०७२ माघ १६ शनिबार
nepali-toli-u-19.jpg.jpeg
पोखरा । १४औँ आहा–रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि लक्ष्मी हुण्डाइ मनाङ मस्र्याङ्दी क्लबले जितेको छ । सहारा क्लब पोखराद्वारा आयोजित सो प्रतियोगिताअन्तर्गत आज भएको प्रतिस्पर्धात्मक फाइनल खेलमा मनाङ मस्र्याङ्दी क्लबले त्रिभुवन आर्मी क्लबलाई १–० गोल अन्तरले पराजित गरी विजेता बनेको हो । 
 
मनाङको जितमा सुभास गुरुङले खेलको ४७ औँ मिनेटमा गरेको गोल नै क्लबलाई विजेता बनाउन निर्णायक बनेको थियो । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी मनाङ मस्र्याङ्दी क्लबका विश्वास श्रेष्ठले हिरो स्कुटर, खेल अवधिभर टिकट काटी खेल हेर्ने दर्शकमध्ये गोलाप्रथाद्वारा पोखराको भद्रकाली निवासी प्रकाशकुमार श्रेष्ठलाई एक तोला सुनको सिक्का र एलजी टिभी एयरपोर्ट निवासी गोरख भट्टले प्राप्त गरेका छन् । 
 
सर्वाधिक गोलकर्ता मनाङ मस्र्याङ्दीका ओला वालेले रु २५ हजार प्राप्त गरेका छन् । लक्ष्मी हुण्डाई मनाङ मस्र्याङ्दी क्लबले माघ १४ गते भएको सेमिफाइनल खेलमा झापा–११ र त्रिभुवन आर्मी क्लबले आयोजक सहारा क्लबलाई माघ १३ गते भएको सेमीफाइनल खेलमा पराजित गरी फाइनलमा प्रवेश गरेका थिए । 
 
उपाधि विजेता मनाङ मस्र्याङदीले रु पाँच लाख एक हजार एक, रनिङ शील्ड तथा खेलाडीहरुले पदक र प्रमाणपत्र प्राप्त गरेका छन् । त्यस्तै, उपविजेता टिम त्रिभुवन आर्मी क्लबले रु दुई लाख ५१ हजार एक, शील्ड तथा खेलाडीहरुले पदक र प्रमाणपत्र पाएका छन् । हिमश्री फुड्स प्रालिका कार्यकारी निर्देशक सूर्यबहादुर केसी, व्यवस्थापिका–संसद् विकास समितिका सभापति रवीन्द्र अधिकारीलगायतले खेलाडीहरुलाई नगद पुरस्कार, शील्ड र प्रमाणपत्र वितरण गरेका थिए। गत माघ ५ गतेदेखि सुरु भएको सो प्रतियोगितामा तीन विदेशीसहित १२ टिमको सहभागिता रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ