arrow

सुदूरपश्चिमै पहिलोपटक नन्ता र मङ्गलीले बाबुलाई दिए दागबत्ती

logo
प्रकाशित २०७२ माघ १६ शनिबार
बाबुलाई-दिए-दागबत्ती.jpg.jpeg
बैतडी । पुरानो रुढीवादी परम्परालाई तोड्दै सुदूरपश्चिममै सम्भवतः पहिलोपटक दुई महिलाले आफ्ना बाबुलाई दागबत्ती दिएका छन् । बझाङको कफलसेरीका नन्ता बोहरा र मङ्गली बोहराले बाबुलाई शुक्रबार दागबत्ती दिएका हुन् । सुदूरपश्चिममा महिलाले मृत शरीरलाई नछुने परम्परा कायम रहँदै आएको छ । 
 
कफलसेरी–७ जाजल्लीका अन्नु जाग्रीको बिहीबार ६५ वर्षको उमेरमा मृत्यु भएको थियो । जाग्रीका चार छोरीमध्ये जेठी र माइली छोरीले दागबत्ती दिएको स्थानीय कमल जाग्रीले बताए । मान्छेको शवलाई नछुने, मलामी तथा चितासम्म जानु हुन्न भन्ने परम्परा कायम रहँदै आएको भएपनि सो कुराको अन्त्य भएको नागरिक समाजका अगुवा धर्मजङ्गबहादुर सिंहले बताए । 
 
बाबुलाई दागबत्ती दिने नन्ता र मङ्गली दुवै महिला विवाहित हुन् । दुवै जनाको विवाह कफलसेरी गाविस वडा नं ६ को एउटै घरमा भएको जनाइएको छ । दुवै जना कान्छो र जेठा भाइसँग विवाह गरेको कमल जाग्रीले बताए । आफ्ना बुबाको दागबत्ती छोरीले दिएपनि किरिया भने मृतकका कान्छो भाइको छोरा कर्णबहादुर जाग्रीले गर्नु हुने भएको मृतककी श्रीमती जयनादेवी जाग्रीले जानकारी दिए । 
 
मृतकका चारवटी छोरी भएको र छोरा नभएपछि छोरासरह छोरीले नै दागबत्ती दिएको समेत उनले बताए । कार्यबाट पुरानो रुढीवादी परम्परा हटाउन र समाजमा सकारात्मक परिवर्तन आउने विश्वास गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ