arrow

समाज रुपान्तरणको मुख्य आधार शिक्षा : राष्ट्रपति भण्डारी

logo
कौरब खत्री,
प्रकाशित २०७४ फागुन ४ शुक्रबार
bhandari.JPG

गुल्मी। राष्ट्रपति विद्यादेवी भण्डारीले समाज रुपान्तरणको मुख्य आधार शिक्षा भएको बताएकी छन । उनले समाजमा भएका बिभिन्न कुरीति र बिकृतिहरु हटाउनको निम्ती गुणस्तरी शिक्षा नै आबश्यक रहेको बताइन् ।

 गुल्मीको मुसिकोट नगरपालिका ६ कुर्घा स्थित त्रिभुवन माविको स्वर्ण महोत्सवको समुद्घाटन समारोहमा बोल्दै राष्ट्रपति भण्डारीले बिश्वका बिकसित देशहरुले बिकासमा फड्को मार्नुको मुख्य कारण उनीहरुको शिक्षा नीति नै भएको बताइन् । ‘आर्थिक अभाव, चेतना र बिपन्नताका कारण अझै सम्म पनि हरेक नेपालीको शिक्षामा पहुँच पुग्न सकेको छैन’ भण्डारीले भनिन् ।

सरकारले गरेको शिक्षा क्षेत्रको लगानीको प्रतिफल सोचेअनुरुप आउन नसकेको भन्दै उनले शिक्षामा भइरहेको कमी कमजोरी औल्याउँदै गुणस्तरीय शिक्षा प्रदान गर्न अघि बढ्नुपर्ने बताएकी छन । उनले शिक्षाको गुणस्तर बृद्धि गर्न सरकारको मात्र मुख ताक्नु भन्दा स्थानीय क्षेत्र पनि अग्रसर हुनुपर्ने बताइन् । अब शिक्षालाइ प्रविधि सँग जोड्दै प्राविधिक शिक्षा अबलम्बन गर्नुपर्ने उनको धारणा छ । उनले त्रिभुवन माबि लाइ प्राविधिक शिक्षाको शैक्षिक केन्द्रको रुपमा स्थापित गर्न सबै लाग्नुपर्ने बताइन् ।

त्यसैगरी कार्यक्रमको अवसरमा बोल्दै गुल्मी क्षेत्र नम्बर २ का सासंद गोकर्ण बिष्टले राज्यले निशुल्क रुपमा ब्यबस्था गरेको शिक्षा लिनबाट कोही पनि बञ्चित हुन नहुने बताएका छन । पुर्व मन्त्री समेत रहेका बिष्टले यसक्षेत्रमा त्रिभुवन माबिले शैक्षिक जागरणको लागि खेलेको भुमिका अग्रणी रहेको बताए । र यस बिद्यालयको लागि आफु यसै क्षेत्रको जनप्रतिनिधि भइसकेको नाताले सदैव साथ र सहयोग रहने बताए । उनले शिक्षालाइ प्रविधिसँग जोड्नुपर्नेमा जोड दिए ।

आजै राष्ट्रपति भण्डारीले गुल्मीको रुरु क्षेत्रको दर्शन सँगै तथा कालिगण्डगी नदिमा स्नान गरेकी छन् । गुल्मीको रिडि स्थित रुरु सँस्कृती तथा साधारण माविको सतबार्षिकीको उद्घाटन समारोहमा आएको अवसरमा उनले स्नान गरेकी हुन् । विद्यालयको कार्यक्रममा बोल्दै उनले रुरु क्षेत्रको विकास गर्नुपर्ने बताइन् । रुरु क्षेत्रको पौराणीक महत्व रहेको भन्दै उनले यसको विकास र संरक्षण गरेमा भातरिय र चिनिँया ब्यापारीहरुको ब्यापारको केन्द्र बन्ने बताइन् ।

 विभिन्न धार्मिक आस्था बोकेका मानिसहरु रुरु क्षेत्रमा बसोबास गर्नुले पनि यसको महत्वलाई थप उजागरण गरेको उनको भनाई छ । कालिगण्डकी नदि र रुरु क्षेत्र गुल्मी, पाल्पा र स्याङ्जा गरी तिन जिल्लाको धार्मिक एवम् पौराणीक क्षेत्र भएकोले यसको विकासमा सबैको ध्यान जानुपर्नेमा राष्ट्रपति भण्डारीले जोड दिइन् । त्यसका साथै देशमा विद्यमान राजनीतिक स्थितिको अन्त्य गर्दै समग्र राष्ट्रको विकासमा सबै राजनीतिक दलको महत्वपूर्ण भूमिका हुने उनको भनाई छ ।

राष्ट्रपति भण्डारीको आजको भ्रमण २०१८ साल देखी हाल सम्म मुसिकोटमा भएका देशका राष्ट्राध्यक्षको भ्रमण मध्येको तेश्रो भ्रमण हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ