arrow

प्रदेश ६ का उपसभामुखमा घर्ती निर्विरोध

logo
प्रकाशित २०७४ फागुन ४ शुक्रबार
gharti.jpg

सुर्खेत । प्रदेश नं ६ का उपसभामुखमा पुष्पा घर्ती (सुर्खेत) को एकल उम्मेदवारी परेको छ ।  सांसद घर्तीको एकल उम्मेदवारी परेपछि उनि निर्विरोध निर्वाचित भएकी हुन् ।

 घर्तीको उम्मेदवारीका लागि नेकपा माओवादी केन्द्र दैलेखका धर्मराज रेग्मी प्रस्तावक र नेकपा एमाले दैलेखका मीना रखाइल समर्थक रहेका थिए । सांसद घर्तीबाहेक अरु कसैको उम्मेदवारी नपरेको संसद् सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिए ।

प्रदेश संसदको शनिबार बस्ने बैठकमा घर्ती निर्विरोध निर्वाचित भएको निर्णायार्थ पेश गरिने संसद सचिवालयले जनाएको छ । वाम गठबन्धनको सहमतिअनुसार प्रदेश नं ६ मा सभामुख एमाले र उपसभामुख माओवादी केन्द्रले पाउने सहमति थियो ।

सभामुखमा एमाले दैलेखका सांसद राजबहादुर शाही यसअघि नै निर्वाचित भइसकेका छन् । माओवादी केन्द्रका तर्फबाट सांसद घर्ती एमालेको समर्थनमा उपसभामुखमा निर्विरोध भएकी हुन्  । नेपाली काँग्रेसले भने उपसभामुखमा आफ्नो उम्मेदवारी नै दिएन । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ