arrow

कृपाले गर्‍यो स्रष्टा–सम्मान, पत्रकार महिला सगरमाथा आरोहीलाई ५ लाख प्रोत्साहन 

logo
प्रकाशित २०७४ फागुन ५ शनिबार
everest-climber-women-journalist.jpg

ललितपुर । नेपाली सांगितिक क्षेत्रका व्यक्तिहरुको निम्ति शुक्रबारको साँझ विशेष रह्यो ।सांगितिक क्षेत्रमा छोटो समयमा नै ठूलो फड्को मार्न सफल भएको कृपा फाउन्डेशनको प्रथम वार्षिकोत्सव एक भव्य समारोहका बीच सम्पन्न भयो ।

प्रथम वार्षिकोत्सवको मुख्य आकर्षणका रुपमा नेपाली सांगितिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका तीन अग्रज स्रष्टाहरुलाई सम्मान गरियो ।

कार्यक्रमका प्रमुख अतिथि, वरिष्ठ गायक प्रेमध्वज प्रधानले पानसमा दिप प्रज्ज्वलन गरी औपचारिक रुपमा उक्त समारोहको समुद्घाटन गरेका थिए ।

अमेरिकामा मृगौलाको उपचार गराइरहेका वरिष्ठ गायक ओम विक्रम विष्टलाई कृपा रत्न सम्मान अवार्डबाट सम्मान गरी नगद रु ५१ हजार प्रदान गरिएको थियो ।

कार्यक्रममा विशेष आतिथ्यता ग्रहण गर्नुभएका वरिष्ठ कवि तथा गीतकार रत्न शम्शेर थापा र वरिष्ठ गायक योगेश्वर वैद्यलाई विशेष सम्मान गरिएको थियो । 

कृपाले सगरमाथा आरोहण गर्ने तयारीमा जुटिरहेको “प्रथम महिला पत्रकार सगरमाथा आरोहण २०१८” लाई प्रोत्साहन स्वरुप आर्थिक सहयोग प्रदान गरियो ।

“प्रथम महिला पत्रकार सगरमाथा आरोहण २०१८” लाई कृपाले नगद रु ५ लाख हस्तान्तरण गरेको थियो ।

कार्यक्रममा कृपा फाउन्डेशनका अध्यक्ष शिव लामिछानेको ‘जय नेपाल’ बोलको गीत पनि सार्वजनिक गरिएको थियो । सांगितिक क्षेत्रमा शिवाजका नाममा परिचित गायक शिव लामिछाने तथा कृपा अन्प्लग्डका कलाकारहरुले सांगितिक प्रस्तुती दिएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ