arrow

बिरगञ्जमा कांग्रेसले निकाल्यो मोटरसाईकल र्‍याली; सम्झ्यो शहिदलाई

logo
प्रकाशित २०७२ माघ १६ शनिबार
motercycle-rally1.jpg.jpeg
बिरगञ्ज। जारी मधेश आन्दोलनका कारण अशान्त तराई मधेशको केन्द्र बिरगञ्जमा नेपाली काँग्रेसले मोटरसाइकल र्‍याली निकालेको छ। काँग्रेसको मोटरसाइकल र्‍याली आन्दोलनको सर्मथन वा विरोधमा नभएर शहिद दिवसको अवसरमा निकालिएको थियो। बन्द हडताल र नाकावन्दीका कारण मोर्चा आवद्ध बाहेक अन्य राजनीतिक दलहरुले कार्यक्रम गर्न असहज भइरहेका बेला काँग्रेसले झण्डा सहित बिरगञ्ज घण्टाघर आसपासबाट र्‍याली निकालेको हो। र्‍यालीमा आएकाहरुले लामो समयको उकुसमुकुसबाट निस्किएको जस्तो अनुभव गरेको बताएका थिए। 
 
नेपाली कांग्रेस नगर कार्य समिति बिरगञ्जले विभिन्न कार्यक्रमको आयोजना गरेर शहिद दिवस मनाएको छ। सोहि क्रममा मोटरसाइकल र्‍याली निकालिएको हो। समितिले नेपाली कांग्रेसको झण्डा सहित मोटरसाईकल र्‍यालीको आयोजना गरेको हो। समितिले आयोजना गरेको मोटरसाईकल र्‍यालीले नगर परिक्रमा गरि गण्डक चोकमा पुगेर गण्डक चौकमा रहेको शहिद तेजबहादुर अमात्यको सालिकमा पनि माल्यार्पण गरेको छ। 
 
समितिले नारायणी उपक्षेत्रीय अस्पताल परिसरमा रहेको थिरबम मल्लको सालिकमा माल्यार्पण गरी श्रद्धान्जली अपर्ण गरेको थियो। नगर सभापति महम्मद सहाबुद्दिनको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सभापति एवम सांसद सुरेन्द्र चौधरी, सांसद राजेन्द्रबहादुर अमात्य पुर्व सांसद अजय द्विवेदी, रामेश्वर रौनियार महिला नेतृ शान्ति कार्की, रुपा श्रेष्ठ महासमिति सदस्य ध्रुव नेपाल, श्याम पोखरेल, रामनारायण कुर्मि, नगर सचिव संतोष सिंह लगायतको उपस्थिती थियो। 
 
सो अवसरमा नेपाली कांग्रेसद्वारा नारायणी उपक्षेत्रिय अस्पतालमा उपचाररत विरामीहरुलाई फलफुल र अस्पताललाई ईमरजेन्सी कक्षमा प्रयोग हुने नेबुलाईजर मेसिन समेत हस्तान्तरण तथा वितरण गरिएको थियो। 
 
साथै समितीले सो अवसरमा  वीरगंज १७ का रहमुल्लाह अन्सारी र रामअयोध्या पटेललाई सम्मानित गरेको  छ। कार्यक्रममा शहिद अमात्यका पुत्र सांसद राजेन्द्र बहादुर अमात्य, क्षेत्रिय सभापति विरेन्द्र पटेल लगायतकाले शहिदहरुप्रति सम्मान व्यक्त गर्दै शहिदहरुको योगदानका बारेमा चर्चा गरेका थिए। कार्यक्रममा अशोक जयसवाल, रामनारायण कुर्मी, शान्ति कार्की, रुपा श्रेष्ठ, प्रकाश उपाध्याय, भवानी घिमिरे लगायतको उपस्थिति रहेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ