arrow

प्रदेश ५ मा उपसभामुखको चयन हुँदै, उपस्थितिका लागि बाम ह्विप

logo
प्रदीप आचार्य,
प्रकाशित २०७४ फागुन ६ आइतबार
pradesh-5_sava_hall1.JPG

बुटवल । नेकपा एमाले प्रदेशसभा–५ को संसदीय दलको कार्यालयले गठबन्धनबाट निर्वाचित सांसदहरुलाई आइतबार बस्ने प्रदेशसभाको बैठकमा अनिवार्य उपस्थित हुन ह्वीप जारी गरेको छ ।

संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालले प्रेस विज्ञप्ति जारी गरी सांसदहरुलाई अनिवार्य उपस्थित हुन ह्वीप  गरेका हुन् । 

‘उपसभामुख चयन जस्तो महत्वपूर्ण कार्यशूचि रहेको र मत विभाजनसमेत हुनसक्ने अवस्था भएकाले सांसदहरुलाई तोकिएको समयमै अनिवार्य उपस्थितिका लागि सूचित गरिन्छ’ विज्ञप्तिमा उल्लेख छ ।

नेता ढकालले प्रदेश पाँचका सबै जिल्लाका गठबन्धनका सांसदहरुलाई आइतबारको बैठकमा अनिवार्य उपस्थितिका लागि ह्वीप जारी गरेका हुन् । 

आइतबार र्फागुन ६ गते बस्ने प्रदेशसभा बैठकले उपसभामुखको चयन गर्ने छ ।

उपसभामुखमा सांसद किस्नी थारुको उम्मेदवारी परेको छ भने कांग्रेसकी सांसद रीना नेपालले पनि उम्मेदवारी दर्ता गराएकी छिन् ।

दिउँसो १ बजे मत विभाजन गरी सभामुख चयन हुनेछ ।

उपसभामुखमा थारू निर्वाचित हुने निश्चित जस्तै छ । ८७ सांसद रहेको संसदमा वाम गठबन्धनसँग ६१ सांसद छन् भने कांग्रेससँग १९ सांसद् छन ।

संविधानको धारा १८२ को उपधारा १ बमोजिम उपसभामुख चयन हुन लागेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ