arrow

दूरदराजका बालबालिकाको पाठशाला ‘स्नो मञ्जुश्री’

logo
प्रकाशित २०७४ फागुन ७ सोमबार
manju_shree_FNL.jpg

काठमाडौं । मुलुकका दुर्गम र दूरदराजमा शिक्षाको अभावमा हुने समस्यालाई मध्यनजर गर्दे स्थापना गरिएको ‘स्नो मञ्जुश्री विद्यालय’ले चौथौ वार्षिकोत्सव मनाएको छ ।

काठमाडौको स्वयम्भुमा रहेको विद्यालयले आर्थिक अभावले पढ्न नपाएका विद्यार्थीहरुलाई अध्यापन गराउदै आएको छ । समाजसेवी सोनाम घ्याल्चे घलेले स्थापना गरेको विद्यालयमा अहिले कक्षा ५ सम्म ९० विद्यार्थी पढिरहेका छन् ।

मञ्जुश्री विद्यालय सुरु गर्दा १२ थिए । वार्षिकोत्सव कार्यक्रममा काँग्रेसका नेता एवं पूर्वमन्त्री टेक बहादुर गुरुङले असाहय बालबालिकाका लागि सुरु गरिएको शिक्षाको अभियान सकारात्मक भएको भन्दै जस्तोसुकै सहयोग गर्न पनि आफु तयार रहेको बताए ।

त्यस्तै विद्यालयका निर्देशक सोनाम घ्याल्चे घलेले आफुले अन्य संस्थाहरुसंग सहयोग माग्दै विद्यालय सञ्चालन गरिरहेको बताए । उहाँले आगामी दिनमा बाल्यकाल अन्धकार भएका बालबालिकालाई विद्यालयले शिक्षाको उज्यालो ज्योति दिने कामलाई निरन्तरता दिने उल्ल्ेख गरे ।

मनाङ जिल्लाको नार्फू गाउँपालिकामा जन्मिएका र हुर्किएका सोनाम घ्याल्चे घलेले गाउँमा अभाव नभोगेपनि देखेका थिए । पढ्ने उमेरका बालकालिका श्रम गर्न बाध्य भएका देखेका उनले तीनै कलिला बालिकाको भविष्य उज्याउने बनाउने अभियानकै क्रममा विद्यालय खोले ।

मुलुकका दुर्गम र दूरदराजमा शिक्षाको अभावमा हुने गरिबी, अविश्वासलाई नजिकबाट नियालेका सोनामले संस्था स्थापना गरेर सामाजिक काम गरिरहेका छन् । तर, संस्थालाई निरन्तरता दिन र बालबालिकाको भविष्यलाई उज्यालो बनाउन भने धेरै मेहनत गरेका छन् ।

नियमित आयस्रोत नभएका कारण बालबालिकाको भविष्यको चिन्ताले भने सताउने गर्छ । सोनामले आफ्ना नजिकका र साथीभाइसँग सहयोग मागेर स्कुल चलाइरहेका छन् । विद्यालय सञ्चालनका लागि कर्मा घले टेक बहादुर गुरुङ, बोघाङचाम रिम्पोेचे लगाएतले सयोग गरेका छन् । कार्यक्रममा विभिन्न साँस्कृतिक कार्यक्रम लगायत खेलकुलका कार्यक्रम गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ