arrow

राष्ट्रियसभा सदस्यमा ओली सरकारले देउवा सरकारको निर्णय उल्टायो 

logo
प्रकाशित २०७४ फागुन ८ मंगलबार
pm-office-and-council-of-ministries.jpeg

काठमाडौं  । केपी शर्मा ओली सरकारले यसअघि शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेको निर्णय उल्ट्याउँदै राष्ट्रियसभा सदस्यका लागि नयाँ तीन जनाको नाम सिफारिस गरेको छ ।

मंगलबार बिहान बसेको मन्त्री परिषद बैठकले राष्ट्रियसभा सदस्यका लागि युवराज खतिवडा रामनारायण बिडारी र विमला पौडेल राईको नाम सिफारिस गरेको हो ।

यसअघि देउवा सरकारले कृष्णप्रसाद पौडेल, चाँदनी जोशी र गोपाल बस्नेतको नाम सिफारिस गरेको थियो । 

संविधान अनुसार ५९ सदस्यीय राष्ट्रियसभामा ५६ जना निर्वाचनबाट चुनिएका छन् । 

तीन जना भने प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रिपतिले अनुमोदन गर्ने व्यवस्था रहेको छ । 

त्यही व्यवस्था अनुसार प्रधानमन्त्री ओलीले तीनजनाको नाम सिफारिस गरेका हुन् ।

यही व्यवस्थामै टेकेर देउवाले पनि तीन जनाको नाम सिफारिस गरेका थिए । 

तर राष्ट्रपति विद्यादेवी भण्डारीले भने त्यसलाई स्वीकृत नगरी राखेकी थिइन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ