arrow

प्रदेश १ कांग्रेस संसदीय दलको नेतामा कोइराला

logo
प्रकाशित २०७४ फागुन ८ मंगलबार
rajib-koirala.jpg

इनरुवा । प्रदेश नम्बर १ नेपाली काँग्रेस संसदीय दलको नेतामा राजीव कोइराला सर्वसम्मत चयन भएका छन् । 

संसदीय दलको सोमबार विराटनगरमा बसेको बैठकले कोइरालालाई सर्वसम्मत संसदीय दलको नेतामा चयन गरेको हो । 

संसदीय दलको नेताका लागि पार्टीका दुईजना आकांक्षी रहेका प्रदेश सांसद केदार कार्की र शेखरचन्द्र थापाले अन्तिम समयमा आफ्नो उम्मेदवारी फिर्ता लिएपछि कोइराला निर्विरोध चयन भएको नेपाली काँग्रेस सुनसरीका सचिव केदार भण्डारीले जानकारी दिए । 

कोइराला काँग्रेसका सुनसरी सभापतिसमेत हुन् । 

कोइराला प्रदेशभाको निर्वाचनका बेला सुनसरी क्षेत्र नम्बर २ (ख) बाट प्रत्यक्षतर्फ प्रदेशसभा सांसदमा विजयी भएका थिए । 

स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा सुनसरीमा कोइरालाको कुशल नेतृत्वकै कारण सुनसरीमा काँग्रेसको राम्रो नतिजा आएको थियो । 

कोइरालालाई मंगलबार प्रमाणपत्र प्रदान गर्ने कार्यक्रम रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ