arrow

पुर्वजिविस सभापति सहित को को चिप्लीए पाल्पामा ?

logo
प्रकाशित २०७२ माघ १७ आइतबार
Tansenka-Umedwar.jpg.jpeg
पाल्पा । पाल्पामा भएको गाँउ तथा नगरवडास्तरको अधिवेशनबाट काग्रेसका निकै पुराना र प्रभावशाली मनिएका नेताहरु नै चिप्लीएका छन् । 
 
पुर्बजिबिस सभापति, काँग्रेस पाल्पाका पुर्व कार्यवहाक सभापति एबम् काग्रेस नेता प्रेमनाथ बस्याल, महिला सघकी जिल्ला सभापति गंगा पौडेल महिला संघ पाल्पाकी निबर्तमान सभापति एबम् १२औ महाधिवेशन प्रतिनिधि अम्बिका भट्टराई, दलित सघका केन्द्रिय सदस्य एबम् १२ औ महाधिवेशन प्रतिनिधि भरत परियार, नेबिसघका पुर्बकेन्द्रिय सदस्य एबम् तानसेन वहुमुखी क्याम्पसका पुर्ब स्वबियू सभापति महेश ज्ञवाली आफ्नो गाँउबाटै माथी आउन सकेनन् । 
 
त्यसैगरी तानसेन नगर समितिका वर्तमान सचिव सचिब मधुकर काफ्ले, एकल महिला सघकी जिल्ला सभापति मिना पन्थी, जिबिस पाल्पाका उपसभापतिका उम्मेदवार एबम् काग्रेस नेता पुर्ण बहादुर लम्तरी, नेबिसघंका जिल्ला सचिब शुरेश बोहरा, शिक्षक संघका जिल्ला सचिब डोलराज अर्याल, तरुण दल छेत्र न ३ का सभापति राजु कार्की लगायतका नेताहरु वुथबाटै फालिएको पाल्पाका नेविसंघका नेता विदुर घिमिरले जानकारी दिए ।  
 
उनीहरु मध्ये कतिपयले माथिल्लो तहका विभिन्न समितिमा उमेदवारी दिने तयारी गरेपनि वुथबाटै १३औ महाधिवेशनका लागि क्षेत्रीय तथा जिल्ला प्रतिनिधि हुन नसकेका हुन् । 
 
नेपाल तरुण दल पाल्पाका निबर्तमान सभापति, १२औ महासमिति सदस्य एबम् समानुपातिक तर्फका उम्मेदवार भुषणराजलवट मैदान मै देखिएनन् । उनी समानुपातिक उम्मेदवार भएकाले प्रतिनिधि भने स्वतः भएका छन् । 
 
हिजो शनिवार पनि हुन नसकेको तानसेन नगरपालिकाको नगर अधिवेशन भने आज हुने भएको छ । अधिवेशनका लागि प्रमुख तिन पदमा तिन तिन जनाको उमेदवारी परेको छ । नगर सभापतिमा मधुदयाल सैजु, लक्ष्मण रावल र चकोरमान शाक्य चुनावी मैदानमा छन् । 
 
त्यसैगरी सचिवमा सुन्दर प्रसाद श्रेष्ठ, लक्ष्मण बहादुर खड्का र केशवराज अधिकारीले उमेदवारी दिएका छन् भने कोषाध्यक्षममा मिना पन्थी, मेहन्द्र बहादुर खत्री क्षेत्री  रुपेश महर्जन उमेदवार भएका छन् । 
 
आजै मतदान भई साँझ सम्ममा नजिता आउन सक्ने अनुमान गरिएको छ। 
 
त्यसैगरी रामपुरबाट विश्व भट्टराईले पठाएको खवर अनुसार, नेपाली काँग्रेसको १३ औं महाधिवेशन अन्तर्गत रामपुर नगरपालिकाको अधिवेशनले नेत्र प्रसाद भट्टराईको सभापतित्वमा रामपुर नगर कार्यसमिति गठन गरेको छ । 
 
नगर कार्यसमिति गठनको लागि सभापति बाहेकका अन्य पदमा सर्वसम्मत रुपमा पदाधिकारी चयन भएको हो । अधिवेशनले नगर सचिवमा चिरञ्जीवि सिग्देल र कोषध्यक्षमा तिलक बहादुर मल्ललाई सर्वसम्मत रुपमा चयन गरेको छ । 
 
नगर समिति सदस्यहरुमा भेषराज पंगेनी, खेमराज अधिकारी, सुर्य प्रसाद अर्याल, हिरण्य राज रेग्मी, एकराज पाठक, ऋषिराम रेग्मी, राम बहादुर रानालाई छनौट गरेको छ । त्यस्तै अधिवेशनले ओमराज थापा, छमबहादुर दरै, दुर्गा बहादुर घर्ती, विननारायण श्रेष्ठ, मकबुल मियाँ, हजिलदिन मियाँ, देव बहादुर दर्जी, कृष्ण बहादुर दर्जी र भिम बहादुर सुनारलाई क्षेत्रिय प्रतिनिधीमा सर्वसम्मत रुपमा छनौट गरेको छ । 
 
यस्तैगरी स्याङजाको चापाकोट नगरपालिका स्याङ्जाको नगर अधिवेशनले रामचन्द्र पंगेनीको सभापतित्वमा सर्वसम्मत रुपमा कार्यसमिति गठन गरेको छ । 
 
समितिको सचिवमा गौरव भट्टराई, कोषध्यक्षमा सरस्वति पंगेनीलाई छनौट गरेको छ । त्यस्तै मनोनित उपसभापतिमा वेद प्रसाद श्रेष्ठ, मनोनित सचिवमा उत्तम आचार्य, मनोनित सहसचिवमा रामु वस्ती, अन्य सदस्यहरुमा शिवलाल गैरे, तुलाराम कुमाल, दयाराम घिमिरे, मिना घिमिरे, यम बहादुर थापा, दमयन्ती थापा, केशरी आचार्य, बल बहादुर सिंजाली र दिपक गहतराज रहेका छन् । अधिवेशनले क्षेत्रीय प्रतिनिधिमा दिलेश्वर श्रेष्ठ, बसन्ती श्रेष्ठ, ढक बहादुर थापा, गंगालाल वि.क, नारायणी परियार, सुर्यकली वि.क., मन्सोराम कुमाल, विमला श्रेष्ठ र राजु कुमाललाई छनौट गरेको छ । 
 
पाल्पासंगै रहेको रुपन्देहीको बुटवल उपमहानगरपालिकामा भने भोली सोमवार निर्वाचन हुने भएको छ । सभापतिका लागि तिन जना उमेदवारहरु मैदानमा देखिएपछि सहमतिको प्रयास गर्दा निर्वाचन भोली सम्मका लागि सारिएको हो । 
 
बुटवलको नगर सभापति बन्न पार्टीका बर्तमान नगरसभापति खेलराज पाण्डे, बर्तमान नगरसचिव प्रजापाल गिरी र अर्की नेतृ जमुना ढकालले कडा आकांक्षा देखाएका छन् । पाण्डे र गिरी संस्थापन पक्षका मानिन्छन भने ढकाल देउवा पक्षकी मानिन्छ । तिनै जनालाई मिलाएर सभापतिमा सर्वसम्मत गराउने प्रयास भईरहेको बुटवल ८ का नवनिर्वाचित वडा सचिव तारा ज्ञवालीले जानकारी दिए । 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ