arrow

काँग्रेस अधिवेशनः दाङमा खुमवहादुरको एकलौटी

घोराही र लमहीमा को भए निर्वाचित तुलसीपुर र त्रिपुरमा को को भिड्दै छन्?

logo
नारायण खड्का।
प्रकाशित २०७२ माघ १७ आइतबार
khum-bahadur.jpg.jpeg
तुलसीपुर । नेपाली कांग्रेस घोराही नगर समितिको  सभापतिमा काँग्रेस नेता खुमबहादुर खड्का पक्षधर मानिने यूवा व्यवसायि मनोज बुढाथोकी निर्वाचित भएका छन् । शनिवार भएको निर्वाचनमा बुढाथोकीले रमेश पाण्डेय र भरतमणि शर्मालाई पछाडी पार्दै विजय हासिल गरेका हुन । उनले निकटतम प्रतिद्धनन्दी पाण्डेलाई ४८ मत अन्तरले पराजित गरेका हुन । बुढाथोकीलाई ३ सय ८ मत प्राप्त भएको थियो भने पाण्डेलाई २ सय ६० र शर्मालाई १ सय २ मत प्राप्त भएको थियो । घोराही नगरमा काँग्रेसका कुलमतदाता संख्या ८ सय ३८ रहेकोमा ६ सय ९१ मत मात्रै खसकेको थियो । मतदानमा १ सय ४७ मतदाता अनुपस्थित रहेको मतदान अधिकृतले जानकारी दिएका छन् ।
 
नव निर्वाचित बुढाथोकी यज्ञबहादुर बुढाथोकीका छोरा हुन । बुढाथोकीले कांग्रेस निकट व्यवसायीहरुको नेतृत्व गर्दै आएका नेता हुन । कोषाध्यक्षमा प्रमोद पोख्रेल ३ सय ४६ मतका साथ निर्वाचित भएका छन् । उनका निकट्तम प्रतिद्धन्दी राजिब पछाँईले २ सय ० मत पाएका थिए । तर सचिवमा दिनेश अधिकारी भने निर्विरोध निर्वाचित गरिएका थिए ।  घोराही नगरमा सभापति, कोषाध्यक्ष, जनजाति प्रतिनिधि, मुस्लीम र दलित प्रतिनिधको निर्वाचन भएको थियो । तर नगरको कार्यसमिति सदस्यहरु  भने निर्विरोध रुपमा चयन गरिएको थियो ।  जसमा दिलिप डिसी, शरदकुमार शर्मा, सुशील पोख्रेल, श्याम पुन, राजकुमार बस्नेत, भरत धिताल, माधव चौधरी, पुरुषोत्तम गिरी निर्विरोध निर्वाचित भएको  घारोही नगरकी मतदान अधिकृत देबा पौडेलले जानकारी दिइन । आइतवार विहान २ बजे मतगणना कार्य सम्पन्न भएको थियो । जनजाति तर्फबाट क्षेत्रीय प्रतिनिधिमा दुर्गा जिएम ४५०,नरेन्द्र पुन ४४९, महेशराज श्रेष्ठ निर्वाचित ४३९ मत पाएर विजयी भएका थिए । दलित तर्फ टिकाराम नेपाली ३३६, लिला नेपाली ३२० र यमराज विक २८८ मत पायर बिजयी भएका छन् । मधेशी, मुस्लीम, अल्पसंख्यक, पिछडा वर्ग, अपांग तर्फ बिबेक खड्का सर्बाधिक ५१८ मत पाएर बिजयी भए । सोही पदमा  बिजय कुमार  मण्डललाई ३६०र अब्दुल कलाम  मुसलमानले ३०३ मत प्राप्तगरी  बिजयी भएको घोराही नगरकी मतदान अधिकृत देबा पौडेलले जानकारी दिइन ।  
 
लमहीमा सर्वसहमतिमा नेतृत्व चयन
लमहीमा सर्वसहमति बाट नेतृत्व चयन गरिएको छ। लमही नगरको सभापतिमा शिवप्रशाद चौधरीको नेतृत्वमा सबै पदाधिकारी सर्वसहमतिमा चयन गरिएको छ। चौधरी नेता खुमबहादुर पक्षधर मानिन्छिन्। नयाँ कार्यसमिति ११ सदस्य छ भने ९ जना क्षेत्रीय प्रतिनिधि चयन गरिएका छन् । नेपाली काँग्रेसको शनिवारको नगर भेलाले सचिवमा सुमन पौडेल र कोषाध्यक्षमा लेखराज केसीलाई चयन गरेको हो। त्यसैगरी आठ सदस्य नगर कार्यसमिति पनि सर्बसहमति वाटै चयन गरिएको छ । जसमा दानबहादुर चौधरी, वसन्तबहादुर  केसी, राजेन्द्र खड्का, अर्जुन कुमार सुवेदी, शोभा चौधरी, हरिबहादुर कुवँर, मुकुन्द प्रशाद पोख्रेल र कालि प्रशाद चौधरीलाई चयन गरेको छ।
 
उक्त भेलाले क्षेत्रीय प्रतिनिधिहरुमा जनजाती बाट काँशीराम चौधरी, प्रदिप कुमार राणा, देवाङ्जंग चौधरीलाई चयन गरेको छ। त्यस्तै दलिततर्फ गोपाल विक,तेजवहादुर नेपाली र धनविर परियारलाई चयन गरेको छ। त्यसैगरी काँग्रेसको नगर भेलाले मधेसी मुस्लिम बनारसीलाल जैसवाल,मोहमद ईदराहिम र कुलबहादुर यादवलाई सर्वसहमति बाट क्षेत्रीय प्रतिनिधिमा चयन गरिएको हो।
 
तुलसीपुरमा को–को भिड्दै छन् 
शनिवार प्राविधिक कारणले निर्वाचन हुन नसकेपछि तुलसीपुर र त्रिपुर नगरमा आइतवार निर्वाचन शुरु हुँदै छ। तुलसीपुर नगर जिल्लाको सबैभन्दा ठूलो नगर र धेरै मतदाता भएको नगर हो । यहाँ एक हजार ८ सय ४४ मतदाता छन् । त्रिपुर नगरमा झन्डै ८ सयको हाराहारीमा मतदाता छन् । घोराहीमा झन्डै एक हजार तीन सय जति मतदाता छन् । जिल्लामा रहेका चार नगर मध्य सबैभन्दा वढी चर्चा र चासो तुलसीपुर नगरको निर्वाचन कै छ । यो नगरमा पूर्व सांसद गेहेन्द्र गिरी र किरणबहादुर शाहको बीचमा चुनावी प्रतिपर्धा हुँदै छ । कतिपयले यसलाई दाजुभाई विचको पर्तिपर्धाको रुपमा अथ्र्याइरहेको सुनिएको थियो । कारण,काँग्रेस केन्द्रीय सदस्य दिपक गिरीको समर्थन शाहलाई छ,भने पूर्व सभापति समेत रहेका गिरीलाई काँग्रेस केन्द्रीय सदस्य खुमवहादुर खड्काको समर्थन रहेको वताउने गरिन्छ । शाह संस्थापन पक्षधर मानिन्छन् भने गिरी देउवा पक्षधर मानिन्छन् । तुलसीपुर नगरको सचिव पदमा अजय बुढाथोकी र सुन्दर केसी बीच प्रतिपर्धा हुँदै छ । कोषाध्यक्षमा पदमबहादुर खड्का र पुष्करबहादुर भण्डारी चुनावी मैदानी उत्रिएको मतदान अधिकृत किरण कुमार रेग्मीले जानकारी दिए । ८ सदस्य नगर कार्यसमितिको सदस्य पदका लागि २० जनाको उम्मेदवारी परेको छ ।अर्का मतदान अधिकृत राजेन्द्र घिमिरेका अनुसार सदस्य पदमा कमल गौतम, किरण विश्वकर्मा,खमिन्द्र सिंह केसी, खेमराज विक,गणवहादुर डिसी,टोपवहादुर गिरी, तेजबहादुर डाँगी,दिनेश गिरी, देवराज न्यौपाने,देवि प्रशाद हलवाई,धुर्व आचार्य,नोखी रावत, प्रदिप केसी,विर प्रशाद भण्डारी,भिम प्रशाद भण्डारी,मुक्ति प्रशाद न्यौपाने, मेहरमान वली,लालबहादुर वली, लिला गिरी र लोकराज न्यौपानेको उम्मेदवारी परेको छ। तर आदीवासी जनजाती तर्फ उपेन्द्रबहादुर घर्तीमगर र निमबहादुर गुरुङ निर्विरोध निर्वाचित भइसकेका छन् । त्यसैगरी मधेसी, पिछडा,अपाङ्ग,तेस्रो लिङ्गी र अल्पसंख्यकमा पनि निर्विरोध निर्वाचित भएका छन् । जसमा नन्दकिशोर गुप्ता (लालुपाते) र देवा डाँगी रहेका छन् । तुलसीपुर नगरको क्षेत्रीय प्रतिनिधिमा इश्वरी प्रशाद खड्का,ऋषिराज लहरे (अरुण),नागर मल्ल वैश्य,निपाज अहमद धुनिया (प्रधान),मोहन लाल धिताल र रामप्रसाद विकलले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतहरुले जानकारी दिएका छन्।
 
त्रिपुरमा कसको बीचमा प्रतिपर्धा हुँदै छ?
त्रिपुर नगरपालिकामा  चित्रबहादुर डाँगी र दिपक पाण्डेको नगर सभापति पदमा पतिपर्धा हुँदैछ । यि दुबै खुमवहादुर पक्षधर भनि चर्चा भइरहेको छ । सचिव पदमा अमरराज  भण्डारी, गोविन्द प्रशाद दाहाल र निमबहादुर खड्काको उम्मेदवारी परेको छ । त्यसैगरी कोषाध्यक्ष पदमा नमा रावत र शरद खनालका वीचमा प्रतिपर्धा हुन लागेको त्रिपुर नगरका मतदान अधिकृत कुमार राज श्रेष्ठले जानकारी दिए । त्रिपुर नगरको ८ सदस्य नगर कार्यसमिति पदका लागि १३ जनाको उम्मेदवारी परेको छ । जसमा केशवबहादुर बस्नेत,नरवहादुर डाँगी,नक्षत्रबहादुर विक,निर्मल केसी,बालाराम खड्का,विनोद गौतम,विष्णुकुमार देवकोटा,बुद्धि प्रकाश आचार्य, भिमवहादुर रावत,भिमसेन वस्नेत,रेशमबहादुर बस्नेत, श्री लम्साल र हरि देवी पोख्रेलको उम्मेदवारी परेको अर्का मतदान अधिकृत श्रीधर आचार्यले जानकारी दिए । त्यस्तै क्षेत्रीय प्रतिनिधिमा ३ जना दलितका लागि ६ जनाको उम्मेदवारी परेको छ । जसमा कृष्णवहादुर विक,कृष्णवहादुर सार्की,जीवन नेपाली,दिनेश नेपाली,पूर्णवहादुर विक र शदर विकले प्रतिपर्धा गर्दैछन् । त्यसैगरी जनजाती अन्तरगत तीन जना क्षेत्रीय प्रतिनिधि अन्तरगत ६ जनाको उम्मेदवारी परेको छ । चन्द्रप्रशाद चौधरी,चन्द्रवहादुर घर्ती,जगुलाल चौधरी,डिल्लिवहादुर चौधरी,रणवहादुर वुढा र सिता चौधरी चुनावी मैदानमा उत्रिएका छन् । त्यसैगरी मधेसी, पिछडा,अपाङ्ग,तेस्रो लिङ्गी र अल्पसंख्यकको तर्फवाट ३ जना क्षेत्रीय प्रतिनिधिको लागि ५ जनाको उम्मेदवारी परेको छ । नारायणपुर निवासी अनिल डिसीका अनुसार गिरिराज वली,पुष्पा बादी,भोलाबहादुर बादी,मधु दमाई र लजिरण मिया चुनावि मैदानमा उत्रिएका छन् । त्रिपुर नगरपालिकामा कुल ८ सय ९० मतदाता छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ