arrow

हिमालपारीको व्यथा अब पर्दामा

logo
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७४ फागुन ९ बुधबार
himalka_pida.jpg

पुनर्वास । कञ्चनपुरको पुनर्वास जस्तो मोफसलमा हुर्केर फिल्मी दुनियाँमा संघर्षरत युवा देव नेपाल हिमाल पारीको ब्यथा अब पर्दामा ल्याउने अभियानमा जुटेका छन् ।  म्यारोन मुभिस एण्ड इन्टरटेनमेन्टको ब्यानरमा नेपाली, जापानिज र अंग्रेजी भाषामा एकसाथ बन्न लागेको चलचित्रले नेपाली जनजीविका र यथार्थ अबस्थालाई चित्रण गर्ने निर्देशक नेपाल बताउँछन् । करिब डेढ करोड लगानीमा बन्न लागेको चलचित्रलाई अन्तर्रास्ट्रिय बजार पुर्‍याउँदै नेपाली चलचित्रको गुणस्तर अब्बल दर्जा बिश्वसामु प्रदर्शन गर्ने अटोठका साथ चलचित्र निर्माणमा जुटेको युवा निर्देशक देव नेपाल बताउँछन्। 

प्रशस्त सम्भावनाका बीच आर्थिक रुपमा बिपन्न हुन बाध्य पश्चिम नेपालको हिमाल पारीको कर्णाली अञ्चलमा फिल्मको छायांकन गरिनेछ । नेपालमै भएर पनि नेपालीपनको अनुभव गर्न नपाएका हिमालपारिका नेपालीको विवशतालाई चलचित्रमा समाबेश गरिने निर्देशक नेपालले जानकारी गराए । चलचित्रको नाम र कलाकार को-को हुने भनेर उनले अहिले नै खुलाउन चाहेनन् । बुझिए अनुसार चलचित्रको विश्वकै सबैभन्दा उच्च स्थानमा रहेको मानब बस्तीमा समेत छायाँकन गरिने बताइएको छ।

निर्देशक देब नेपाल को हुन् ?

नेपाली चलचित्र उद्योगमा निर्देशकीय हिसाबले अलग पहिचान स्थापित गराउन सफल निर्देशक हुन् – देब नेपाल । करिब दुई दशक अगाडि सानो पर्दासँगै स्टेजमा राम्रो क्रेज बनिरहेको बखत अझ आफूमा निखारता र नयापनको खाचो महसुस गर्दै थिएटर सम्बन्धी कोर्ष गर्न उनि दिल्ली होमिए । उनले तीन वर्षे नाट्य शास्त्रको कोर्ष गर्दै गर्दा दिल्लीमा थुप्रै नाटक को निर्देशन पनि गर्न भ्याए। नाटक निर्देशनसँगै लेखन र अभिनयमा पनि उनी उत्तिकै अब्बल थिए । सोही कारण उनले लेखेका थुप्रै नाटक दिल्लीका थिएटरहरुमा महिनौंसम्म मन्चन हुन्थे । दिल्ली सहित बैंगलोर, मुम्बई हुदै बिहार सम्म नाटक मन्चन गर्दै स्टेज हरुमा पुगे । 

तीन वर्षको अबधिमा अभिनय ,लेखन र निर्देशनको थुप्रै सैद्धान्तिक अनि ब्यबहारिक सीप सिक्ने अवसर पाएको निर्देशक नेपाल बताउछन । कला, मनोरञ्जन अनि गीत संगीत र अभिनयको हिसाबले दिल्लीमा स्थापित हुनु चानचुने कुरा पनि थिएन । त्यसमाथि दिल्ली हानिनु अघि संगै काम गरेका केहि सहपाठीहरु नेपालमा बिस्तारै चिनिने लेभलको पहिचान स्थापित गराउन सफल भईसकेका थिए । नाट्यशास्त्रको कोर्ष पनि सकियो र उनि पनि होमिए नेपाली चलचित्र र रंगमन्चको दुनियामा आफ्नै पहिचान स्थापित गराउन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ