arrow

प्रेस युनियनका सदस्य को को भए काँग्रेसमा निर्वाचित?

logo
प्रकाशित २०७२ माघ १७ आइतबार
Press-Union.jpg.jpeg.jpeg
काठमाडौ। नेपाली कांग्रेसको १३ औं महाधिवेशनका लागि भएको बुथ प्रतिनिधिमा पत्रकारहरु पनि निर्वाचित भएका छन्। नेपाल प्रेस युनियनमा आवद्ध पत्रकारहरु वुथबाट प्रतिनिधी भएर आएका छन्। बरिष्ठ पत्रकार तथा नेपाल पत्रकार महासंघका पूर्वसभापति तारानाथ दाहाल, कविर राणा बरिष्ठ पत्रकार देवप्रकाश त्रिपाठी, परशु घिमिरे, बुथ प्रतिनिधिमा छानिएका छन्। त्रिपाठी धादिङ र घिमिरे ललितपुरबाट छनोट भएका छन्। दाहाल संविधानसभामा सिन्धुपाल्चोक क्षेत्र नम्बर ३ का उमेद्वार हुन्। राणा भक्तपुरबाट छानिएका छन्। कांग्रेसको विधानमा सभाषद्मा टिकट पाएर स्वत बुथ प्रतिनिधि हुने ब्यवस्था छ। 
 
त्यस्तै कांग्रेसको बुथ प्रतिनिधिमा निर्वाचित हुनेमा सिन्धुपाल्चोक पत्रकार महासंघका पूर्वसभापतित्रय सुदर्शन आचार्य, सूर्यप्रसाद न्यौपाने र पवित्रकुमार खड्का छन् । उनीहरु सबै बुथ प्रतिनिधिमा छानिएका छन्। सिन्धुपाल्चोकबाट तरुण साप्ताहिकमा कार्यरत सीबी खड्का पनि बुथ प्रतिनिधिमा आएका छन्। प्रेस युनियनका पूर्व महासचिव तथा सल्लाहकार शिव लम्साल नवलपरासीबाट, प्रेस युनियन महिला उपसभापति बाला अधिकारी ओखलढुंगाबाट र युनियनका पूर्व केन्द्रीय सदस्य नुवाकोटका शिव देवकोटा र पार्सद रविन थपलिया बुथ प्रतिनिधि छानिएका छन्। प्रेस युनियनका पूृर्व सचिव भुवन भट्ट प्युठानबाट निर्वाचित भएका छन्। प्रेस युनियनका पार्सद प्रताप पौडेल वागलुङबाट निर्वाचित भएका छन्। गुल्मीबाट प्रेस युनियन काठमाडौंका कोषाध्यक्ष भागवत भट्टराई क्षेत्रीय प्रतिनिधी बनेका छन्। पर्साबाट प्रेस काउन्सिलका पूर्व सदस्य तथा पत्रकार दिपेन्द्र चौहान पनि क्षेत्रीय प्रतिनिधीमा चयन भएका छन्। बाँकेबाट नेपाल प्रेस युनियनका पुर्व केन्द्रिय सदस्य दामोदर भण्डारी क्षेत्रीय प्रतिनिधी चयन भएका छन्। 
 
युनियनका भेरी अंचल संयोजक राजेन्द्र कार्की, रोल्पा प्रेस युनियन सभापति कविता उपाध्याय पनि बुथ प्रतिनिधिमा छानिएका छन् । नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य माधव चम्लागाई इलामबाट निर्विरोध बुथ प्रतिनिधिमा चयन भएका छन्।  पत्रकार महासंघ तनहुका सभापति डम्बर अधिकारी, प्रेस युनियन मोरङका सदस्य प्रशान्तजंग निरौला, काभ्रे पत्रकार महासंघका पूर्वसभापति तथा युनियनका उपाध्यक्ष इश्वरी ओझा, धनकुटाका नेता तथा युनियनका उपाध्यक्ष विजयसन्तोषी राई, कास्कीबाट युनियनका राजबहादुर गुरुङ, प्रेस युनियन कास्की जिल्ला सभापति शिरोमणि बराल, नबिन सिग्देल र प्रकाशचन्द्र साप्कोटा पनि क्षेत्रिय प्रतिनिधिमा चुनिएका छन्। झापाबाट कृष्ण हुमागाई, दोलखाबाट क्षेत्रीय संयोजक रमेश खतिवडा, युनियन दोलखाका सदस्य नवराज शिवाकोटी, गोकर्ण भण्डारी, मध्यपश्चिमान्चल संयोजक देवेन्द्र बर्मा बुथ प्रतिनिधि छानिएका छन्। उमा मगर नेपालगञ्जबाट छानिएकी छन्। हरिष भट्ट कञ्चनपुरबाट निर्वाचत भएका छन्। युनियनमा आवद्धहरु अरु पनि कैयन वुथ प्रतिनिधी भएका छन्।
 
नेपाली काङ्ग्रेसको प्युठान नगर सभापतिमा प्रेस युनियन प्युठानका सस्थापक अध्यक्ष मेघराज भट्ट बिजय भएका छन्। शुभेच्छुक संस्थाको सभापतिको  हैसियतमा प्रेस युनियनका सभापति बद्री सिग्देल स्वतः महासमिति सदस्य हुनेछन्। बुथ प्रतिनिधिमा निर्वाचित सुदर्शन आचार्य, इश्वरी ओझा, बाला अधिकारी, विजयसन्तोषी राई १२ औं महाधिवेशनमै महासमिति सदस्य निर्वाचित भएका हुन्। यो पटक पनि उनीहरु महासमिति वा महाधिवेशन प्रतिनिधि हुनका लागि बुथबाट छनोट भएका छन्। वुथमा आएका कतिपय भने महाधिवेशनको लागि तयारीमा रहेका छन्। 



नयाँ