arrow

राजनीतिक संयन्त्रमा प्रमको भारत भ्रमणबारे छलफल

नेकपा (एमाले) वरिष्ठ नेता झलनाथ खनालले समय अपुग भएकाले आइतबारै साँझ बस्ने संयन्त्रको बैठकमा थप छलफल हुने जानकारी दिए ।

logo
प्रकाशित २०७२ माघ १७ आइतबार
oli.jpg.jpeg
काठमाडौँ । सरकार सञ्चालनका लागि समन्वय गर्न गठित उच्चस्तरीय राजनीतिक संयन्त्रमा प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणबारे छलफल भएको छ । संयन्त्रको कार्यालय सिंहदरबारमा आइतबार बसेको बैठकमा निकट भविष्यमा हुने भनिएको प्रधानमन्त्रीको भारत भ्रमणलगायत समसामयिक राजनीतिक विषयमा प्रारम्भिक छलफल भएको छ । बैठकमा प्रधानमन्त्रीको भारत भ्रमण, समसामयिक राजनीतिक परिस्थिति, सरकारको कामको समीक्षा, मधेस आन्दोलन र नाकाबन्दीबारे कार्यसूची प्रस्तुत भएको संयन्त्रका संयोजक एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहालले जानकारी दिए । 

नेकपा (एमाले) वरिष्ठ नेता झलनाथ खनालले समय अपुग भएकाले आइतबारै साँझ बस्ने संयन्त्रको बैठकमा थप छलफल हुने जानकारी दिए । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशम्शेर जबराले बैठकमा आफूले सीमाको अवरोध मात्र मधेसको समस्या नभई प्रान्तीय सीमाको विषय पनि जोडिने भएकाले त्यस बारेमा गम्भीर छलफल हुनुपर्ने धारणा राखेको जानकारी गराए । 

बैठकमा एमालेका नेता माधवकुमार नेपाल, मधेसी जनाधिकार फोरम नेपाल (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदार, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेलगायत सत्तागठबन्धन दलका नेता उपस्थित थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ