arrow

सहारा अब अस्ट्रेलियामा पनि

हङकङ र बेलायतमा सहाराका शाखाहरु रहेको सहारा अब अस्ट्रेलियामा पनि बिस्तार भएको छ ।

logo
प्रकाशित २०७२ माघ १७ आइतबार
sahara-2.jpg.jpeg
सिड्नी । आहा रारा गोल्ड कप फुटबल प्रतियोगिता र फुटबल एकेडेमी सन्चालन गरेर अलग पहिचान बनाउन सफल सहाराका प्रंशसकहरुको भिड बिदशेमा पनि बढ्दै गएको छ । हङकङ र बेलायतमा सहाराका शाखाहरु क्रीयासील रहेको सहारा अब अस्ट्रेलियामा पनि बिस्तार भएको छ । 

सीड्नीमा रहेका फुटबलप्रेमीहरुले एक भब्य समारोह बिच सहारा अस्ट्रेलियाको गठन गरेका छन । च्यारीटी डिनरसँंगै गठन भएको सहारा अस्ट्रेलियाको संयोजकमा पुराना खेलप्रेमी राजमान थकाली रहेका छन । यस पटक यहा संकलन भएको रकम हामीले सहाराका पुन्य कार्यलाई थप टेवा पुग्ने हेतुले एकेडमीमा दिने निर्णय गरेका छौ ।’ राजमानले भने । 

असहाय,गरिब र टुहुरा बालबालिकालाई समेटेर एकेडमेी सन्चालन गरेको सहारा नेपालको पहिलो फुटबल एकेडेमी सन्चालन गर्ने समाजिक संस्था हो । पोखराको पहिचानलाई खेलमय बनाउने रोल मोडल बनेको सहाराले आयोजना गरेको आहा रारा गोल्डकप फुटबलको दोस्रो पुरस्कार अर्थात दुइ लाख रुपैया पनि सहारा अस्ट्रेलियाले प्रायोजन गर्ने निर्णय गरेको राजमानले बताए । 

नवगठित सहारा अस्ट्रेलीयाको कार्यसमितीमा राजु अधिकारी, किरण बराल,अभिनव शर्मा, तारा गुरुङ, मनोज केसी, शितल खाँंड,बिभिषण बिष्ट,शैलेन्द्र बहादुर बस्नेत,अपर्ण बज्राचार्य,अर्जुन गुरुङ,इश्वर पहारी,सन्जु मगर, रोशन आले ,जिवन पौडेल र सुनिल गुरुङ ,विजेन बटाजु रहेका छन ।

सहारा अस्ट्रेलियाको सल्लाहकारहरुमा शम्सेरसिंह थापा,प्रेमकाजी गुरुङ, राजु मानन्धर ,देब गुरुङ, बिष्णु हमाल रहेका छन । कार्यक्रममा सिड्नीका फुटबल क्लबहरु ,राइजिङ गोर्खाज,माछापुच्छ्रे ,फेवा फुटबल क्लब,सेन्ट जोर्ज लगायतका प्रतिनिधीहरुको समेत उपस्थीती रहेको थियो । कार्यक्रममा एनआरएन अस्ट्रेलियाका अध्यक्ष सुरेन्द्र सिग्देलले नया समितिलाई खादा ओढाएर सम्मानित गरेका थिए । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ